Comments Add Comment

सिटौला कृषि विकास बैंकको सीइओ नियुक्त

Lilaprakash situla
फोटो ; सिटाैलाको फेसबुकबाट

२८ मंसिर काठमाडौं । कृषि विकास बैंकको आइतबार बसेको सञ्चालक समितिले बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा लीलाप्रकाश सिटौलालाई नियुक्ति गरेको छ । उनले सोमबारदेखि पदभार ग्रहण गर्नेछन् ।

छ महिनाअघिदेखि बैंकको सञ्चालक रहेका सिटौला नेपाली कांग्रेसका महामन्त्री कृष्ण सिटौलाका नातेदार हुन् । उनले आफूलाई कृष्ण सिटौलाको काका बताउने गरेका छन् ।
अर्थमन्त्रालय कांग्रेसको नेतृत्वमा रहेकाले सिटौलाले कृषि विकास बैंकको सीइओ बन्ने अवसर पाएका हुन् ।

केही समयअघि सञ्चालक समितिले एमाओवादी सरकारका पालामा सीइओ नियुक्ति भएका तेजबहादुर बुढाथोकीलाई कमजोर भूमिका र आर्थिक अनियमितताको आरोप लगाई बर्खास्त गरेको थियो ।

सीइओ पदका लागि सिटौलालगायत बहालवाला डीजीएम विजया स्वाँर, दशरथ जोशी, अनिलकुमार उपाध्याय, भविन्ऽ खत्री, पूर्वडीजीएमहरू घमानसिंह खड्का, उपेन्ऽबहादुर कार्कीलगायत १४ जनाले दरखास्त हालेका थिए ।

कतिपयले सिटौला गभर्नर बन्न लागेको समेत चर्चा गरेका थिए । ०४४ सालमा राष्ट्र बैंकको जागिर सुरु गरेका सिटौला एक वर्षअघि कार्यकारी निर्देशकबाट सेवानिवृत्त भएका थिए । उनले ०४३ सालमा शंकरदेव क्याम्पसबाट एमबीएसम्मको अध्ययन गरेका छन् ।

यसअघि पनि कांग्रेसले नेतृत्व सम्हालेका विभिन्न मन्त्रालयहरुमा कांग्रेस नेताका नातेदारहरुले नियुक्ति पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment