Comments Add Comment

कञ्चनपुरमा फिचर लेखन तालिम सुरु

१ पुस, कञ्चनपुर । सञ्चारिका समूहले सुदूपश्चिमाञ्चलको महेन्द्रनगरमा पत्रकार महिलाहरुका लागि पाँचदिने फीचर लेखन तालिम सुरु गरेको छ ।  तालिममा सुदूरपश्चिमका ९ वटै जिल्लाका २० जना पत्रकार महिलाहरु सहभागी छन् ।

sancharika-trainingतालिमका सहभागीलाई स्वागत गर्दै सञ्चारिका समूहकी केन्द्रीय सदस्य यशोदा अधिकारीले महिला पत्रकारहरुको संख्यात्मक मात्र नभइ गुणात्मक बृद्धिकालागि सञ्चारिका समूहले तालिम आयोजना गरेको जानकारी दिइन् ।

अधिकारीले सुदूरपश्चिममा क्रियाशिल पत्रकारिता गरिरहेकाहरु तालिम पछि महिलामाथि हुने हिंसा न्यूनिकरण लागि क्रियाशिल भएर कलम चलाउने अपेक्षा लिएको बताइन् ।

सहभागिहरु मोहन मैनाली, सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्मा, पत्रकार महासंघका पूर्वउपाध्यक्ष एवं पत्रकार यशोदा तिम्सिना, पत्रकार मण्टेश्वरी राजभण्डारी लगायतले प्रशिक्षण दिनेछन् ।

यसअघि सञ्चारिका समूहले चारवटै विकास क्षेत्रमा तालिम सम्पन्न गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment