Comments Add Comment

विश्वकर्मालाई डा. अम्बेडकर कला श्री अवार्ड

Buddi-bk

१ पुस, काठमाडौं । भारतीय दलित साहित्य एकेडेमीले भारतको संविधान निमार्ता डा. भिम राव अम्बेडकरको स्मृतिमा प्रदान गर्ने डा. अम्बेडकर कला श्री अवार्ड नेपालका संस्कृति तथा सञ्चारकर्मी बुद्धि विश्वकर्मालाई प्रदान गरेको छ ।

डिसेम्बर १३ मा भारतको राजधानी नयाँदिल्लीमा आयोजना गरिएको विशेष समारोहमा विश्वकर्मालाई अवार्ड हस्ताण्तरण गरिएको थियो ।
विगत १५ वर्षदेखि नेपाली लोक गीत, लोक बाजाको संरक्षणसँगै लोकपि्रय रेडियो कार्यक्रमहरु उत्पादन तथा सञ्चालनमा सकृय विश्वकर्माले प्रवासमा बस्ने नेपालीहरुका लागि रेडियोहिमालय डट कम सञ्चालन गर्नुभएको छ ।

रेडियो सगरमाथाबाट आफ्नो रेडियो कर्म शुरु गरेका विश्वकर्मासँग रेडियो एचवीसी, रेडियो नेपाल र रेडियो मिरमिरेमा विभिन्न प्रकारका रेडियो कार्यक्रम उत्पादन तथा प्रशारण गरेको लामो अनुभव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment