Comments Add Comment

यी कलाकार, जो गरिवीकै कारण मृत्युको मुखमा पुगे

intertenment-news
कलाकारको पर्दाको जीवन जति चमकदार हुन्छ, पर्दा बाहिरको जीवन त्यति नै दुःखद । लाखौं करोडौं फ्यान भएका र सजिलै अर्काको दिलमा बस्ने ल्याकत भएका कतिपय कलाकारहरुको निजी जीवन दर्दनाक हुन्छ ।
बलिउडमा यस्ता केही चर्चित कलाकार छन जो गरिवी र अभावकै कारण मृत्युको मुखमा पुग्न बाध्य भएका छन् ।

जसको शब ठेलामा लगियो

बिआर चोपडाले सन् १९६७ मा बनाएको फिल्म ‘हमराज’ मा काम गरेपछि चर्चामा आएकी थिइन् अभिनेत्री भिमी । पारिवारिक खटपटपछि श्रीमान शिब अग्रवालसँग छुटि्टएकी भिमीको आर्थिक स्थिती अत्याधिक नाजुक भयो ।
जब उनि बिरामी भइन, उपचारका लागि चरम आर्थिक संकट पर्‍यो । मुम्बइमा रेहको नानावति अस्पतालको जनरल वार्डमा भर्ना भएकी भिमीको सन् १९७७ मा निधन भएको थियो । उनको शब चनावाला ठेलामा हालेर घाटमा पुर्‍याइएको थियो । जुन खबर सुनेर विश्वभरका फिल्मकर्मी स्तब्ध भएका थिए ।

अस्पतालको बील तिर्ने पैसा समेत भएन

अभिनयको दुनियाँमा सफल मानिन्छन् एके हंगल । सन् २०१२ मा बृद्धअवस्थामा उनको मृत्यु भएको थियो । मृत्यु हुने बेलामा उनीसँग अस्पतालको बील तिर्ने पैसा समेत थिएन । पछिल्लो समय उनी ठुलै आर्थिक संकटमा फसेका थिए ।

घर बेच्दा नि भएन

बलिउडमा ‘ट्रयाजेडी क्वीनको रुपमा चनिन्छिन् मीना कुमारी । १५ वर्षकै उमेरमा फिल्ममा प्रवेश गरेकी मीना कुमारीले ‘बैजु वावरा’ रिलिज हुने बित्तिकै केही ऐतिहासिक फिल्ममा काम गर्ने अवसर पाइन् ।
फिल्ममा उनको वाहवाही भएपनि पारिवारिक जीपन भने निकै दुःखी थियो । जीवनको अन्तिम समयमा रक्सीको कुलतमा फसेकी मिनाकुमारीले पनि अस्पतालको बिल भुक्तानीका लागि घर बेच्नु परेको थियो ।

औषधी किन्न पनि धौ-धौ

कुनै बेला अभिनेता भगवान दादाको हाइ हाइ निकै थियो । एक भब्य जीवनशैली जीएका उनले विषेश फ्ल्याट लिएका थिए । महंगो कारमा यात्रा गर्थे ।
तर, जीवनका अन्तिम दिन उनका पनि कष्टपूर्ण भए । मर्ने बेलामा उनीसँग एक रुपैयाँ थिएन सामान्य औषधी किन्न पनि धौ-धौ थियो ।

गरीबीले गोल्डमेडलिष्ट बिते

टिम हकीको क्षेत्रमा भारतका लागि कसैले केही गरेको छ भने मेजर ध्यानचन्द्रले गरेका छन् । उनले सन्न १९२८, १९३२ र १९३६ मा तीन पटक गोल्ड मेडल जितेका छन् । तर, उनको निधन पनि गरीबीकै कारण भएको थियो ।

मुम्बइको गल्लिमै निधन

बलिउडका प्रसिद्ध फोटोग्राफर मानिन्थे जगदीश माली । जीवनको अन्तिम क्षण उनले मुम्बइको सडकमा बिताएका थिए । जतिवेला उनिसंग एकजोर तातो कपडा समेत थिएन । सन २०१३ मा उनको निधन भएको थियो ।

संकट टार्न सेक्युरिटी गार्ड

वालवालिकालाई असाध्यै धेरै माया गर्ने कलाकारका रुपमा चिनिन्थे ग्यारी क्लोमन । सन् १९९९ मा उनलाई निकै ऋण लाग्यो । त्यसपछि उनले जीवीकोपार्जनका लागि सुरक्षा गार्डको काम सुरु गरे ।

सम्बन्ध बिच्छेदपछि रक्सिको कुलत

भेरोनिका लेक सन् १९२० मा निकै चर्चित थिइन् । केही लोकपि्रय फिल्ममा अभिनय गरेकी उनको निजी जीबन भने असाध्यै दुःखी थियो ।
लोग्नेसंग सम्बन्ध बिच्छेदपछि रक्सीको नशामा डुबेकी उनको सन् १९७३ मा निधन भएको थियो । जीवनको अन्तिम समयमा मानसिक सन्तुलन समेत गुमाएकी थिइन् यी नायिकाले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment