Comments Add Comment

‘ओ माई गड’को सुटिङ रोक्न आमिरले गरेका थिए ८ करोडको अफर

pk poster
तपाइले राजकुमार हिरानीको निर्देशन र आमिर खानको अभिनय रहेको चलचित्र ‘पीके’ हेर्नुभयो । यदि, हेर्नुभयो भने तपाइलाई यसको कथावस्तु यसअघि प्रदर्शनमा आएको चलचित्र ‘ओ माई गड’सँग मिल्दोजुल्दो लागेको हुनसक्छ । उसो त दुबै चलचित्रको प्रस्तुती भने फरक छ ।

तर, एक अंग्रेजी पत्रिकाले दाबी गर्दै भनेको छ कि, ‘ओ माइ गड’को छायांकन रोक्न निर्देशक उमेश सुक्लालाई ८ करोडको प्रस्ताव राखिएको थियो । निर्देशक राजकुमार हिरानी, निर्माता विधु विनोद चोपडा र नायक आमिर खान उमेश शुक्लासँगको छलफलमा बसेका थिए ।

उनीहरुले, आफ्नो कथासँग ‘ओ माइ गड’को कथा मिलेपछि छायांकन रोक्न अफर गरेको एक चर्चित पत्रिकाले दाबी गरेको छ । उनीहरुले प्रस्ताव राख्दा ‘ओ माइ गड’को छायांकन सुरु भैसकेको थियो ।

यो चलचित्रमा नायक आमिर खानका लागि अनौठो नाम पनि सोचिएको थियो । ‘पीके’ अहिले विश्वभर प्रदर्शनमा छ । यो चलचित्रले ३  दिनमा ९३ करोडको व्यापार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment