+
+
Shares

हलिउडबाट चोरिएका १९ बलिउड फिल्म पोष्टर

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष ९ गते ११:३८

poster-copy

मुम्बई । बलिउडमा ‘प्रभाव वा प्रेरणा’ यस्तो एउटा शब्द हो जसलाई निकै दुरुपयोग गरिएको छ । कुनै नयाँ सोँचको खडेरी पर्नासाथ बलिउडकर्मी हलिउडतिर आँखा लगाउँछन र प्रभाव ग्रहण गर्नुको सट्टा हुबहु सिर्जना चोरी गर्छन् । कतिपयले त्यस्ता सिर्जनामा सामान्य संसोधन गर्छन त कतिपयले त्यही झण्झट पनि गर्दैनन् ।

फिल्मका पोष्टरदेखि स्टोरी टेलिङ र सम्बादसम्म हुबहु कपी गर्न बलिउडकर्मीले खासै लाज मान्दैनन् चाहे ती नाम चलेका र ठूला स्टार किन नहुन् ।
अहिले हलमा चलिरहेको पीकेको पोष्टरदेखि जिन्दगी नामिलेगी दोबारासम्मले बिदेशी फिल्मका पोष्टरलाई हुबहु हिन्दीकरण गरेर ब्यापार चम्काए भन्दा फरक पर्दैन् ।

भारतीय पत्रिका टाइम्स अफ इन्डियाले संग्रह गरेका केही यस्ता पोष्टर यहाँ सबुत प्रमाण हुनसक्छन बलिउडकर्मीको सीर्जनाशिलता जाँच्न ।

पोर्चुगलको एल्बमवाट पिकेको पोष्टर
हिन्दी फिल्म ‘पिके’ मा अमिर खानले नाङ्गो ज्यानमा रेडियो बोकेर उभिएको दृष्यले निकै चर्चा पायो । फिल्मको पोष्टरसंगै अमिरको सिर्जनशिलताको पनि चर्चा पनि भयो ।
खासमा पिकेको उक्त डिजाइन पोर्चुगलका संगीतकार क्वीम बेरीरोसको एल्बमवाट नक्कल गरिएको थियो । उक्त एल्बम सन १९७३ मा सार्वजनिक भएको थियो ।

डे्रसको रंग मात्रै फरक
अंग्रेजी फिल्म ‘लर्डस अफ डगटाउन’ र हिन्दी फिल्म ‘जिन्दगी ना मिलगी दोबारा’को पोष्टर हुबहु मिल्छ । ‘टिल डेथ’ र अग्ली और पग्लीको पोष्टरमा पनि धेरै कुरा मिल्छ । हिरो हिरोइनको ड्रेसको रंग फरक भएपनि धेरै कुरा उस्तै देखिन्छ पोष्टरमा ।

जेनिफरको बडी हेरेर हिरोइनको ओठ
शाहरुख खानको मुख्य भुमिका रहेको हिन्दी फिल्म ‘रा वन’को पोष्टर निर्माण गर्नु अघि उक्त फिल्मका निर्देशकले अंग्रेजी फिल्म ‘ब्याटम्यान विगीन्स’ को वारेमा राम्रो अध्ययन गरे जस्तो देखिन्छ । हिन्दी फिल्म ‘मर्डर थ्री’ को पोष्टर बनाउदा अंग्रेजी फिल्म ‘जेनिफर बडी’ हेरेर हिरोइनको ओठको डिजाइन गरिएको थियो ।

उभिने स्टाइल एउटै
‘माइ बीग फ्याट ग्रीक वीडिङ’को पोष्टर हेरेका दर्शकले टाढावाट हिन्दी फिल्म ‘हलचल’को पोष्टर हेर्दा छुट्याउन सक्दैनन्, यो कुन फिल्म हो भनेर । किनकी यी दुइ फिल्ममा भएका पात्रको लवाइ फरक भएपनि उभिने स्टाइल एउटै छ ।

बेडरुम स्टाइल
ओस्कार अवार्ड पाउन सफल चलचित्र ‘टाइटानिक’को जस्तै पोष्टर बनाउने प्रयाश गरेको छ हिन्दी फिल्म मौसमले । अंग्रेजी फिल्म किङ अर्थर र हिन्दी फिल्म ‘हिस्स’ मा कपडाको रङदेखी ब्याकराउण्ड समेत उस्तै छ ।

अंग्रेजी फिल्म एन एजुकेशनमा हिरो हिरोइन बसेको स्टाइललाई हिन्दी फिल्म ‘जाने अन्जाने’का निर्देशकले पनि छाडेका छैनन् । अर्को फिल्म ‘लिसेन्स टु वीड’ र हिन्दी फिल्म ‘अतिथी तुम कब जाओगे’ मा बेडरुमा बसेका कलाकारको स्टाइल ठ्याक्कै उस्तै छ ।

मारियाकै स्टाइलमा उत्तानो परिन् करिना
मारिया केरीको म्युजिक एल्बम ‘द इमान्सीपेटन अफ मिमी’ को स्टाइल हिन्दी फिल्म ‘हिरोइन’ को पोष्टरले चोरेको छ । एल्बमको कभरमा म्यारी जसरी उत्तानो परेर बसेकी छिन् करिनाको पनि उत्तानो पर्ने स्टाइल उस्तै छ ।

अंग्रेजी फिल्म फोन्क टु जस्तै अर्को फिल्म ‘द चेसर’ को पोष्टर बनाइएको छ । अंग्रजी फिल्म ‘सहारा’ मा उभिएका तीनजना कलाकार हिन्दी फिल्म ‘नक्सा’ उभिएको कलाकारको स्टाइल मात्रै एउटै छैन, पृष्ठभुमी समेत उस्तै देखिन्छ ।

हिरोइनको कामुक पिंडौला
अंग्रेजी फिल्म ‘द ग्रयाजुएट’ मा हिरोइनको पिंडौलालाइ जसरि प्रस्तुत गरिएको छ । हिन्दी फिल्म ‘एतराज’ मा पनि हिरोइनको पिडौलालाइ उस्तै शैलिमा देखाइएको छ ।

अंग्रजी फिल्म ‘जोनी इङ्लीस र हिन्दी फिल्म ‘एजेन्ट विनोद’ एक्सन फिल्म हो । फिल्मको कथाको कुरै छोडौं, हिरोहरुको स्टाइल समेत उस्तै देखिन्छ ।
अक्षय कुमार अभिनित हिन्दी फिल्म राउडी राठौर निकै चर्चित भयो । उक्त फिल्मले पोष्टरको नक्कल अंग्रेजी फिल्म ‘द रिप्लेशमेन्ट किलर’ वाट गरेको थियो भन्ने चाँही पछि मात्रै थाह पाए दर्शकले ।

अंग्रेजी फिल्म ‘द सिल्ड’ वाट हिन्दी फिल्म गल्ला प्रभावित थियो भने फाइनल डेष्टिनेशन टु वाट भूतको पोष्टर प्रभावित थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?