Comments Add Comment

सञ्जयलाई १४ दिनको छुट्टी, नयाँ वर्ष घरमै मनाउने योजना

sanjay-dutta
मुम्बई । जेल जीवन बिताइरहेका अभिनेता सञ्जय दत्तलाई जेल प्रशासनले १४ दिनको अस्थायी छुट्टी दिएको छ ।
पूर्णेमा रहेको यारावादा जेलमा रहेका सञ्जयले यसपालीको नयाँ वर्ष परिवारका सदस्यहरुसँगै मनाउने भएका छन् ।
भारतको कानुनअनुसार कुनै पनि कैदी बन्दीलाई निश्चित समय छुटि्ट दिएर उसको परिवारसँग पुर्नमिलन गराउने ब्यबस्था छ ।
जेलमा लामो समम बस्दा आम कैदी बन्दी मानसिक रुपमा बिक्षिप्त हुने भएकाले पनि यो ब्यबस्था प्रभावकारी हुँदै बताइएको छ ।
यसरी कैदीलाई छुट्टी दिंदा उसको स्वास्थ्यमा समेत सुधार आउने बताइएको छ ।
सञ्जयले जेलबाट पाउने यस्ता बिदाको उपयोग फिल्म सुटिङका लागिसमेत उपयोग गर्दै आएका छन् । जेलबसाई सञ्जयको स्वास्थ्यका लागि पनि लाभदायक भएको छ । उनले हालै आफ्नो तौल घटाउँदै सिक्सप्याक बनाएका छन् ।
सन् १९९३ मा मुम्बईमा भएको बम विष्फोटमा गैरकानुनी रुपमा घरमा बन्दुक राखेको अभियोगमा उनी पक्राउ परेका थिए । उनलाई अदालतले चार वर्षको जेल सजाय सुनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment