Comments Add Comment

निहिता र शोभराज ट्रयाजिडीको संघारमा

१२ पुस, काठमाडौं । कुख्यात ‘बिकनी किलर’ चाल्र्स शोभराजको प्रेमकहानी ट्रयाजिडीमा उन्मुख भएको छ । ६ वर्षअघि उनीसँगको प्रेम र विवाहका कारण संसारभरि चर्चाकी पात्र बनेकी निहिता विश्वास अहिले गुमनाम छिन् । पछिल्ला तीन वर्षदेखि त उनले शोभराजलाई भेटेकी पनि छैनन् । उनी पछिल्लो समय शोभराजसँगको प्रेम र बिहेप्रति पश्चताप गर्न थालेकी छन् ।Sovraj

०६५ को दसैंमा आफूभन्दा ४५ वर्ष कान्छी निहितासँग टीका लगाएर शोभराजले जेलमै बिहे गरेका थिए । निहिताकी आमा शकुन्तला त्यसको साक्षी थिइन् । त्यसको दुई वर्षअघिदेखि नै शोभराज र निहिताको मनमा एक-अर्काप्रति प्रेम अंकुराएको थियो ।

आफ्नो प्रेमबारे बोलेर उनले संसारलाई चकित बनाएकी थिइन् । उनकी आमा शकुन्तलाले तीन वर्षदेखि निहिताले शोभराजलाई नभेटेको बताएको नयाँ पत्रिकामा खबर छ । सुन्धारास्थित केन्द्रीय कारागारमा जेलजीवन विताइरहेका शोभराजले भने निहितासँग भेट्ने चाहना राखेका छन् । तर, उनले कुनै चासो दिएकी छैनन् । शकुन्तला भन्छिन्-‘निहितालाई उनका साथीले नयाँ ब्याइफ्रेण्ड बनाउने सुझाव दिए पनि उनले त्यसप्रति पनि चासो राखेकी छैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment