Comments Add Comment

कृत्रिम नदीमा बगाइएको पानी बेइजिङ पुग्यो

cina 4
बिश्वलाई चकित पार्नेगरी आर्थिक प्रगति गरिरहेको चीनले बनाएको कृतिम नदीमा बगाइएको पानी राजधानी बेइजिङ पुगेको छ ।
चीनको दोस्रो ठूलो नदी यलोमा बाँध बाँधेर करिव एक हजार ४ सय किलोमिटर लामो कृतिम नदी बनाएको छ । जसले राजधानी बेइजिङसहित करिव ३० करोड जनतालाई खानेपानीको आपूर्ति गर्ने छ ।
गत मंसिर २८ गते छाडिएको पानी झण्डै १५ दिनमा एक हजार किलोमिटर दुरी पार गर्दै शनिवार राजधानी बेइजिङ पुगेको छ ।
चीनका मुख्य पाँच चमत्कारिक इन्जिनियरिङ परियोजनामा पर्ने यो कृतिम नदी निर्माणका लागि झण्डै ३३ अर्ब डलर खर्च गरिएको छ । नदी निर्माणका लागि झण्डै ११ बर्ष लागेको छ ।
बेइजिङमा कृतिम नदीमा पानी बग्न थालेपछि उत्सुकताका साथ नदी हेर्ने बेइजिङबासीको भीड देखिन्छ ।
चीन सरकारको योजनाअनुसार नदीको पहिलो काम यो क्षेत्रका जनतालाई स्वच्छ पिउने पानीको ब्यबस्था गर्नु हो । साथै हजारौं हेक्टर जमिनलाई सिचाईंका लागि पानी उपलब्ध गराउनसमेत मानवनिर्मित नदीको उपयोग गरिने छ ।

china 1 china 2 china 3 china 5 china 6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment