+
+
Shares

४० मिनेटका लागि जेनिफरलाई १८ करोड

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष १३ गते १२:०५

jenifar-lopez-hot
बलिउड तथा हलिउडका कलाकार तथा गायक-गायिका कुनै पनि कार्यक्रममा आफ्नो प्रस्तुती दिदा महंगो रकम लिन्छन् । कलाकारहरुको मुख्य आम्दानी पनि यस्तै कार्यक्रमबाट भएको पाइन्छ ।

हलिउडकी चर्चित गायिका जेनिफर लोपेजले मकाउमा आयोजना भएको एक कार्यक्रमका लागि चर्को पारिश्रमिक लिएकी छिन् । उनले मकाउको ग्रान्ड हायात होटलमा ४० मिनेट प्रस्तुती दिएर करिब १८ करोड रुपैयाँ लिएकी छिन् । उनले १.७५ मिलियन डलर पारिश्रमिक लिएको भारतीय संचारमाध्यहरुले जनाएका छन् ।

यो शोमा जेनिफरको साथमा उनका सहयोगी टोली पनि थिए । उनीहरुका लागि २० वटा कोठा समेत बुक गरिएको थिए । जेनिफर यो कार्यक्रममा प्रस्तुती दिएर अमेरिका उडेकी  थिइन् । तर, उनले लिएको चर्को  पारिश्रमिकको पनि यतिबेला सर्वाधिक चर्चा भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?