१४ पुस, दाङ । घोराही-रुकुम दिवा बस सेवा सोमबारबाट सुरु भएको छ । अब घोराहीबाट रुकुम जाने यात्रुहरुलाई तुलसीपुर पुगेर बस चढ्नुपर्ने बाध्यता हटेको छ ।
- रुकुमेली एकता समाजका पदाधिकारी बस सेवाबारे जानकारी गराउँदै । तस्वीर : नरेन्द्र केसी
राप्ती सार्वजनिक यातायात व्यवसायी समितिको बस अबदेखि हरेक दिन विहान सवा ७ बजे घोराहीबाट रुकुम जाने छ ।
घोराहीबाट मुसीकोटसम्मको भाडा ६ सय ७० र घोराहीबाट सल्लेसम्मको भाडा ६ सय ८५ रुपैयाँ निर्धारण गरिएको छ ।
यसअघि रुकुमेली एकता समाजले घोराहीबाट रुकुमसम्मको लागि बस चलाउन राप्ती सार्वजनिक यातायात व्यवसायी समितिलाई आग्रह गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4