Comments Add Comment

रोजगारी सिर्जनाका लागि लगानी बढाउन घलेको अग्रह

shesh-ghaleस्विजरल्याण्ड । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घलेले नेपालमा रोजगारी सिर्जनाका लागि लगानी बढाउनुपर्ने बताएका छन् ।

गैरआवासीय नेपाली संघ स्विजरल्याण्डको आयोजनामा स्विजरल्याण्डको जेनेभामा आइतबार सम्पन्न भएको अन्तक्रियामा बोल्दै घलेले लगानी बढाउन एनअरएनलार्इ अग्रह गरेका हुन् । अध्यक्ष घलेले सरकारले जलविद्युत्, कृषि र पर्यटन क्षेत्रमा लगानी गर्ने वातावरण सिर्जना गरेमा देशभित्रै रोजगारीको सिर्जना हुने सुझाव दिए ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घलेले अहिले सबैको साथको जरुरत भएको बताए । एक्लै हिंडेर लक्ष्यमा पुग्न नसकिने भन्दै सामुहिक प्रतिबद्धता र सहयोगले नै एनआरएनएले एउटा नयाँ उचाइ लिने उनले बताए ।

गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालय भवन निर्माणका लागि आफू अहोरात्र लागिरहेको र यो सम्पन्न गर्न तपाईंहरु सबैको सक्रिय सहभागिताको जरुरत पर्ने बताए । बेरोजगारीका कारण बिदेसिन बाध्य युवालाई देशमै रोजगारीको अवसर सिर्जना नगरेसम्म नेपालको आर्थिक र सामाजिक विकास नहुने उल्लेख गरे ।

एनआरएन भवन निर्माणको लागि अहिले सम्म ६ करोड उठिसकेको र बाँकी रकम उठ्ने क्रममा रहेको जानकारी दिए ।

महासचिब कुमार पन्तले नेपालीहरु सुखमासंगै तर दुख मा टाढा हुने प्रवत्तिले गर्दा धेरै अफ्ट्यारो हुने गरेको बताए । उत्पादनबिहिन रहेको नेपालमा सबै एकजुट हुनु अहिलेको आवस्यकता रहेको बताउदै लगानीको वाताबरण राम्रो बनेको बताए ।

कार्यक्रममा स्विजरल्याण्डका लागि नेपाली राजदूत दीपक धिताल,  महासचिब कुमार पन्त, केन्द्रीय सल्लाहकार दिल गुरुङ, आईसीसी सदस्य शिब रिजाल, चेम्बर अफ कमर्स सदस्य संजय मुडवरी, एनआरएन डेनमार्क अध्यक्ष दीपक सापकोटा,  लगायत बुद्धिजीवी, पत्रकार, ब्यबसायी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

गुरु भाई आश्रम ले दियो एक लाख सहयोग

स्विजरल्याण्डमा रहेका नेपाली हरु को दुख पिडा मा हरपल साथ दिदै आएको गुरु भाई आश्रम ले गैरआवासीय नेपाली संघ (एनआरएनए) को काठमाण्डौमा कार्यालय भवन निर्माणका लागि १ लाख भन्दा बढी सहयोग उपलब्ध गराएको छ । शिब रिजाल , दिपक कुवर , महेश कुताल ले एकमुस्ट रकम हस्तान्तरण गरे । कार्यक्रमको संचालक एनआरएन स्विजरल्याण्डका महासचिब सुवास पोख्रेलले गरेका थिए ।

बिजय शर्मा दर्पणबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment