Comments Add Comment

पहिलो प्रवेशमै हट बनेर धमाका मच्चाउने हिरोइन

sunney and katrina
मुम्बई । जो जति बोल्ड हुन सक्यो, उत्तिकै चर्चित । पछिल्लो समय बलिउड फिल्म उद्योगमा बोल्ड हिरोइनको बोलवाला र रवाफ निकै बढ्दो छ ।
अभिनय कमजोर किन नहोस् बोल्ड भएकै कारण बलिउडमा स्थापित भएका नायिकाहरुको सूची लामै छ ।
हरियाणाका प्रान्तीय फिल्ममा अभिनय गरेकी मल्लिका शेरावतले हट फोटो सुटकै कारण बलिउडमा प्रवेश पाएकी थिइन् ।
अहिलेकी चर्चित नायिका कटि्रना कैफले बलिउडमा प्रवेश पाउनका लागि आफुलाई हट अवतारमा प्रस्तुत गर्न परेको थियो । सुरुमै बोल्ड भएर आएका हिरोइनवारे ‘टाइम्स अफ इण्डिया’ बनाएको सूची यस्तो छ ।
प्रियंकाकी बहिनीलाई बोल्ड हुने बाध्यता
हिन्दी फिल्म ‘जीद’ मा अभिनय गरेकी नायिका बार्बी हाण्डा हट एक्ट्रेसको रुपमा स्थापित हुने अभियानमा छिन् ।
उनको त्यो इच्छा नभएको भए पक्कै पहिलो फिल्ममै नायक कर्णबीरको मुखमा मुख जोडेर चुम्बन गर्ने थिइनन् होला । नातामा पि्रयंका चोपडाको बहिनी पर्ने बार्बीले केही कामुक दृष्य दिएकी छिन् ।
सुरविनलाई टुपीसको सहारा
विभिन्न टिभी सिरियल र पञ्जाबी फिल्ममा अभिनय गरेकी सुरवीन चावलाले बलिउडमा आउनका लागि टुपिसमा फोटो शुट गरेकी थिइन् । हिन्दी फिल्म बीबी और ग्याङ्गस्टारमा बोल्ड भुमिकामा प्रस्तुत भएकी छिन् माही गिल । जुन उनको पहिलो फिल्म थियो ।

sunney
सन्नीलाई पनि देखाउनैपर्‍यो
सन्नी लियोन बलिउडमा प्रवेश गर्न लागेको हल्ला चलेपछि उनको यति धेरै चर्चा भयो । केही हट फोटो शुट गरिन् उनले । मुम्बइका स्टुडियोमा खिचिएका विभिन्न नयाँ-नयाँ पोजका तस्बिर सार्वजनिक भए लगत्तै उनको थप चर्चा हुन्थ्यो ।
शर्लिन नाङगीनै तयार
शर्लिन चोपडा मोडलिङको दुनियाँमा अत्याधिक चर्चित पात्र हुन पुगिन् । राम्रो भुमिका पाएमा नाङ्गै अभिनय गर्न तयार रहेको बताएकी शर्लिनलाइ फिल्ममा उनले चाहेको रोल दिने निर्देशक भेटिएका छैनन् ।

Sonali-Raut

न्युड सिन दिने कुरो

किंगफिगर ग्ल्यामर गर्ल भनेर चिनिने सोनाली राउतले पनि दर्शकको ध्यान तान्न ब्यापक अंग प्रदर्शन गरिन् । न्युड सिन दिन तयार रहेको अभिब्यक्ति दिएर चर्चामा आएकी हुन् सोनाली ।
कट्रिनाको भर्‍याङ पनि अंग प्रदर्शन नै
हिन्दी फिल्म ‘बुम’ प्रदर्शन हुनु अघि नै उक्त फिल्मको पोष्टरको विषयमा विवाद भएको थियो । मधु सप्रे र कट्रिना कैफ दुई मोडलले उक्त फिल्ममा उत्तेजक अभिनय गरेका थिए । फिल्म रिलिजका बेला कट्रिनाले अश्लिता बेचेको आरोप नलागेको हैन तर, अहिले कैट उक्त आरोपवाट मुक्त भइसकेकी छिन् ।

katrina bikini
लाराको अंग प्रदर्शन रुचाइयो
हिन्दी फिल्म अन्दाजमा काम गर्दा अभिनेत्री लारा दत्तले पनि अंगप्रदर्शनलाइ निकै महत्व दिएकी थिइन् ।
दर्शकले उनको अभिनय र अंग प्रदर्शनलाइ समेत रुचाइदिएपछि अगाडी बढन निकै सजिलो भएको थियो उनलाई ।
पहिलो फिल्ममै बेड सिन
‘कौन है वहा’ मा अनुबन्ध हुनुअघि नै नायकसँग यौनजन्य दृष्य दिने सहमति जनाएकी थिइन् कल्पना माथुरले ।
पहिलो फिल्ममै बोल्ड भएकी कल्पना त्यसपछि भने बलिउड फिल्ममा सक्रिय हुन सकिनन् । पाकिस्तानी मोडल बीना मलिकले पनि हट पोजकै कारण चर्चा बटुलेकी थिइन् ।
उत्तेजकको फोटोको सहारा
‘जन्नत -२’ मा अभिनय गरेकी थिइन् मिस इण्डिया इशा गुप्ता । उक्त फिल्ममा इमरान हाशमीको नायिका बनेकी इशाले पनि फिल्ममा आउनु अघि नै उत्तेजक फोटो शुट गराएकी थिइन् ।
मल्लिकाको २२ चुम्बन
हिन्दी फिल्म ‘ख्वाहिस’ मा नायकसँग २२ पटक चुम्बन गरेकी छिन् मल्लिका शेरावतले । फिल्ममा काम गर्नु अघि हट फोटो शुट गरेकी मल्लिकाले फिल्ममा पनि हट सिनलाइ पहिलो प्राथमिकतामा राखेकी थिईन् ।
चलचित्र ‘डब्बल क्रश’ मा बिकनीमा प्रस्तुत भएकी निगार खानले अभिनय यात्रालाइ भने सहज रुपमा अगाडी बढाउन सकिनन् ।
हट पोज बिक्री भएन
हिन्दी फिल्म ‘हवस’ मा काम गर्नु अघि मेघना नायडुले पनि हट फोटो शुट गरेकी थिइन् । फिल्ममा पनि केही हट सिन दिएकी थिइन् तर, उनको हट दृष्य बिक्री नभएको बताउछन् बलिउड फिल्मकर्मी । किनकी अहिले उनी फिल्म क्षेत्रमा सक्रिय छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment