Comments Add Comment

फाल्गुनन्द गोल्डकप सुरु, आज ताप्लेजुङ र झापा भिड्दै

१५ पुस, पाँचथर । पाँचथरमा फाल्गुनन्द गोल्डकप प्रतियोगिता मंगलबारदेखि सुरु हुँदैछ । पुर्वी पहाडमा सर्वाधिक पुरस्कार राशी भएको यस प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागीता रहेको पत्रकार सम्मेलन गरी आयोजक फिदिम स्पोटिङ क्लबले जानकारी दिएको छ ।

फिदिम स्पोटिङ क्लवका अध्यक्ष किरण श्रेष्ठका अनुसार यसवर्षको प्रतियोगितामा ताप्लेजुङ, पाँचथर, झापा, मोरङ, काठमाडाैं, भारत, भुटान र सशस्त्र प्रहरीको दमक टिम गरी ८ टिमले सहभागिता जनाँउदैछन । यो वर्ष दुई विदेशी टिम पनि प्रतियोगितामा सहभागी भएका हुन् ।

खेलमा पहिलो हुनेले १ लाख ११ हजार १ सय ११ रुपैंया र दोस्रो हुनेले ५५ हजार ५ सय ५५ रुपैंया नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छन ।

मंगलवार हुने उद्घाटन खेलमा ताप्लेजुङ र झापाबीच प्रतिश्पर्धा हुनेछ ।
प्रतियोगिताको फाइनल खेल माघ ८ मा हुनेछ ।
सरोज शर्माबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment