+
+
Shares

नेपाली कागज : माग उच्च, जनशक्ति अभाव

१५ पुस, पाँचथर । पाँचथरको लिम्बा गाबिसमा दुई बर्ष अघि प्रयास कागज उद्योग स्थापना भयो । स्थानीय कच्चा पदार्थको प्रयोगबाट नेपाली (हाते) कागज बनाउन भन्दै स्थानीय चार युवाको सक्रियतामा स्थापना भएको उद्योगले दुई बर्षमा लगानी उठायो ।

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष १५ गते ११:२५

सरोज शर्मा
१५ पुस, पाँचथर । पाँचथरको लिम्बा गाबिसमा दुई बर्ष अघि प्रयास कागज उद्योग स्थापना भयो । स्थानीय कच्चा पदार्थको प्रयोगबाट नेपाली (हाते) कागज बनाउन भन्दै स्थानीय चार युवाको सक्रियतामा स्थापना भएको उद्योगले दुई बर्षमा लगानी उठायो ।

लिम्बा ४ का घनश्याम घिमिरे, तिर्थ बस्नेत, लिम्बा १ का सुबिन तामाङ र राजकुमार तामाङ मिलेर उद्योग स्थापनाका लागि सात लाख रुपैया लगानी गरेका थिए । बजारको उच्च मागको फाइदा उठाउँदै दुई बर्षको अवधिमा उनीहरु लगानी उठाउन सफल भए ।

तयार पार्दै गरेको नेपाली कागज
तयार पार्दै गरेको नेपाली कागज

बजारमा नेपाली कागजको माग उच्च छ । तर, यसमा दक्ष कामदार पाउन मुस्किल छ । ‘गुणस्तरीय नेपाली कागज नेपाल बाहिर बढि जान्छ, नेपालमै पनि खपत हुन्छ,’ उद्योग सन्चालक घिमिरेले भने, ‘तर दक्ष कामदार अभावका कारण अहिले उद्योग टिकाउने मात्रै काम भइरहेको छ ।’

पुर्णकालीन र दक्ष जनशक्ति नहुँदा समस्या भएको उद्योग ब्यवस्थापक सुबिन तामाङले बताए । ‘आधा समय काम गर्ने जनशक्ति धेरै छ,’ उनले भने, ‘पुर्णकालिन (मासिक तलव लिने) काम गर्ने कामदार पाउनै मुस्किल छ ।’

लगानीकर्ता स्वयम् परिचाल भएर दुई बर्षको अवधिमा करिव १० लाखको कारोवार भएको उद्योगमा कामदार पाउने हो भने एकै बर्षमा त्यतीको कमाइ हुने सञ्चालकले बताए । कच्चा पदार्थ स्थानीयस्तरमै पर्याप्त पाइने भए पनि कामदार नहुँदा त्यसको प्रयोग हुन सकेको छैन ।

यता लिम्बा गाबिस ८ मा २०६२ सालमा लेखगाउँ कागज उद्योग स्थापना भयो । बिराज राई र उनका दाजु मिलेर खोलेको उद्योगले एक बर्षमै सबै लगानी फिर्ता दियो । आफूले खोलेको उद्योगले बाषिर्क १ लाख नाफा मात्रै दिने बताउने सञ्चालक बिराजले उद्योगका लागि कामदार अभाव खेप्नु परेको बताए ।

सिजनको समय दैनिक ५ देखि १० जनासम्म कामदार आवश्यक हुने भए पनि एक्लै खट्नु परेको बिराजको भनाई छ । ‘नाफा त कति छ कति तर कामदार पाउन मुस्किल छ,’ विराजले भने, ‘दैनिक हजार रुपैया दिन्छु भन्दा पनि काम गर्ने दक्ष कामदार नपाउनु स्थानीय स्तरमा खुलेका नेपाली कागज उद्योगको मुख्य समस्या हो ।’

लिम्बा क्षेत्रमा पहिलोपटक बिटर (लोक्ता पेल्न पानीबाट चल्ने) मेसिन ल्याएको लेखगाउँ कागज उद्योगले मेसिनको क्षमता अनुसारको काम गर्न समेत सकेको छैन । कामदार नभएपछि मेसिनलाई पूरा क्षमतामा प्रयोग गर्न पाइएको छैन ।

कच्चा पदार्थ देखाउँदै सञ्चालक
कच्चा पदार्थ देखाउँदै सञ्चालक

फिदिमको लालिखर्क, लिम्बा लगायत उच्च पहाडी क्षेत्रमा खुलेका कतिपय कागज उद्योग दक्ष कामदारको अभावमा बन्द हुने अवस्थामा पुगेका छन् । जेनतेन चलेका उद्योगले पनि व्यवसायीक फाइदा लिन सकेका छैनन् ।

अर्गेली (लोक्ता) नेपाली कागज निर्माणको मुख्य कच्चा पदार्थ हो । अर्गेलीलाई बोक्रा तासेर केमिकल प्रयोग गरी कागज बनाइन्छ । नेपाली कागज उत्पादनका लागि बाहिरबाट ल्याउने भनेको केमिकल -प्लाष्टिक सोडा) मात्रै हो । त्यो पनि पूर्वी नेपालका मुख्य बजारमा पाइन्छ । केमिकल बाहेकको बच्चा पदार्थ स्थानीय तहमै पाइने भएकाले कागज उद्योग फस्टाउने क्रम छ । तर, उद्योगहरु थपिने क्रमसँगै कामदार अभाव पनि बढ्न थालेको सञ्चालकहरुको भनाई छ । दक्ष कामदार भए सामान्य उद्योगले पनि ५०/६० जनालाई रोजगारी दिन सक्ने सन्चालकहरुको बुझाइ छ ।

पाँचथरमा उत्पादन भएको नेपाली कागजको मुख्य बजार झापाको दमक, बिर्तामोड, पोखरा नै हो । तर उद्योगमै आएर पनि ब्यापारीले कागज लिने गरेका छन् ।

बरुवा कागजको माग उच्च

पाँचथरमा उत्पादन भएको नेपाली कागजलाई बजारको समस्या छैन । त्यसमा पनि बरुवा जातको कागज नेपाली बजारमा मात्रै नभएर भारत हुँदै तेस्रो मुलुकसमेत निकासी हुने गरेको छ ।

बरुवा कागज कम्प्युटरमा पि्रन्ट गर्नसमेत मिल्ने तरिकाले निर्माण गरिने हुँदा त्यसको माग नेपाली बजारमा उच्च छ । गत बर्ष मात्रै बरुवा सहित २३ क्वीन्टल कागज निर्यात गरेका लेखगाउँ कागज उद्योगका सञ्चालक बिराज राईका अनुसार बरुवाका लागि छुटै कच्चा पदार्थ आवश्यक पर्छ । सामान्य कागज प्रतिपाना २० देखि २५ रुपैया पर्छ तर बरुवा कागज न्युनतम ३० रुपैया प्रतिपानामा बिक्री हुने गरेको छ ।

यस बर्ष लेखगाउँ उद्योगले नमुनाका लागि भन्दै बरुवाको उत्पादन गरेको थियो । त्यसले नेपाली बजारमा राम्रो प्रभाव बनाएकाले बरुवाको उत्पादन बढाउने तयारीमा उद्योग पुगेको छ ।

नेपाली कागज बिशेष गरेर लामो समयसम्म राख्नु पर्ने दस्ताबेज निर्माणका लागि तयार पारिन्छ । सरकारी अड्डा अदालतदेखि गाउँघरमा तमसुक, बकसपत्र लगायतका काममा प्रयोग गरिन्छ नेपाली कागज । पहिले पहिले नेपाली कागजमा हातले लेखिएकोलाई मात्र आधिकारिक मानिन्थ्यो । तर, प्रविधिको विकाससँगै आजभोली नेपाली कागज कम्प्युटरमा पि्रन्ट गर्न मिल्ने खालका उत्पादन हुन थालेका छन् । नेपाली कागज बलियो र किराले नखाने खालको भएकाले सरकारी कामकाजमा यसलाई बढि प्रयोग गरिन्छ ।

कागजको माग नेपाल बाहिर भारत हुँदै बिश्वका धेरै मुलुकमा छ । नेपाली बजारको माग नै धान्न मुस्किल रहेकाबेला बिश्व बजारको खोजि हुन बाँकी रहेको सञ्चालकहरुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?