+
+
Shares

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीमाथि दुर्व्यवहार

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ३ गते १९:१६

३ कात्तिक, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि दुर्व्यवहार भएको छ ।

सोमबार साँझ उनी घर जाने क्रममा सातदोबाटोस्थित एन्फा नजिकै केही अज्ञात व्यक्तिहरूले उनीमाथि दुर्व्यवहार गरेका हुन् ।

उनले आफूमाथि दुर्व्यवहार भएको भन्दै प्रहरीसमक्ष निवेदन पनि दिएका छन् ।

जिल्ला प्रहरी परिसर, ललितपुरको एसएसपी होविन्द्र बोगटीका अनुसार, कसले दुर्व्यवहार गरेको भन्नेबारेमा अनुसन्धान अघि बढाइएको छ ।

‘हामी यहाँ वरपर रहेका क्यामेराको सहयोगमा अन्य थप कुरा खोजिरहेका छौं,’ बोगटीले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?