+
+
Shares

३५ हजार रुपैयाँमै ‘आइफोन ४ एस’ पाइने

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष १५ गते १७:०५

Iphone-4s-final

काठमाण्डौ । एप्पलले ३५ हजार रुपैयाँमा आइफोन ४ एस नेपाली बजारमा उपलब्ध गराउने भएको छ ।

नेपालका लागि एप्पलको आधिकारिक बितरक जेनेरेसन नेक्स्ट कम्युनिकेसनले जनाएअनुसार जनवरी अन्तिम साता आइफोन ४ एस नेपाली बजारमा बिक्रि सुरु हुने छ ।

‘१६ जीबी क्षमताको आइफोन ४ एस ग्राहकले भ्याटसहित ३५ हजार रुपैयाँमा किन्न पाउनेछन’ जेनेरेसन नेक्स्ट कम्युनिकेसनका प्रबन्ध निर्देशक पवनकुमार भिमसरियाले भने ।

आइफोन बोक्ने रहर भएका तर मूल्यका कारण आइफोन ६ र ६ प्लस बोक्न नसक्ने मध्यमवर्गिय ग्राहकलाई लक्षित गरी आइफोन ४ एसको बिक्रि गर्न लागिएको उनले बताए ।

एप्पलले भारतीय बजारलाई मात्र लक्षित गरी हाल आइफोन ४ एस उत्पादन गरिरहेको छ ।

आइफोन ५ एसको मूल्य ७० हजार

यसैगरी जेनेरेसन नेक्स्ट कम्युनिकेसनले सोमबारदेखि आइफोन ५ एसको बिक्रि पनि सुरु गरेको छ । तत्कालका लागि १६ जीबी क्षमताको आइफोन ५ एस मात्र बिक्रि थालिएको छ । जसको मूल्य भ्याटसहित ६९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।

गोल्ड, सिल्भर र ग्रे गरी तीन कलरमा आइफोन ५ एस उपलब्ध छ ।

सस्तो मूल्यको आइफोनका रुपमा परिचित आइफोन ५ सी पनि नेपाली बजारमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए ।

आइप्याडको बिक्रि थालिँदै

यसैवीच जेनेरेसन नेक्स्टले एप्पलका आइप्याडको बिक्रि पनि सुरु गर्ने भएको छ । ‘जनवरी तेस्रो सातादेखि आइप्याडको बिक्रि थाल्दैछौं’ भिमसरियाले भने । यी उत्पादन इभो स्टोर र फ्युचर वर्ल्डका काठमाण्डौमा रहेका ६ वटा सोरुमबाट बुक गर्न सकिन्छ ।

आइप्याडको मूल्य पनि ३५ हजार रुपैयाँबाटै सुरु हुने भिमसरियाले जानकारी दिए ।

यी पनि पढ्नुहोस्

हामी सस्ताेमै आइफोन उपलब्ध गराउँछौं : पवनकुमार

नेपाली बजारमा आइफोन ६ प्लस र ग्यालेक्सी नोट ४ को भिडन्त : के छ फरक ?

नेपालमा आइफोनको मूल्य ८२ हजारदेखि १ लाख १८ हजारसम्म

नेपालमा आइफोनको आधिकारिक बिक्री सुरु

पहिलो हप्तामै पाँच सय नेपालीले हात पारे आइफोन ६, झण्डै ३ हजार बुकिङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?