Comments Add Comment

शाहरुख र सलमानलाई पछारे अमिर खानले

srk-salman-and-aamir
मुम्बई । अमिर खान फेरी आफुलाई अब्बल सावित गर्दै अन्य दुई खानभन्दा अगाडी पुगेका छन् ।
बलिउड बक्स अफिसमा उनी लगातार दोस्रो बर्ष पनि सर्वाधिक कमाई गरेर बिजेता बनेका छन् ।
फिल्म ब्यापार विशेषज्ञका अनुसार अमिरको फिल्म ‘पिके’ सन् २०१४ मा सबै भन्दा धेरै कमाउने हिन्दी फिल्म भएको छ ।
फिल्म ब्यापारको आधारमा शाहरुख र सलमान भन्दा अमिर अगाडी छन् । ब्यापार विशेषज्ञ तरण आदर्शका अनुसार उनको फिल्म ‘पीके’ ले प्रदर्शनको १० दिनको अबधिमा भारतमा मात्रै २३६.५८ करोड रुपैयाँ कमाइ गरेको छ ।
पिकेको यो अंकसंगै सलमान खानको फिल्म ‘किक’ पछाडी परेको छ ।
शाहरुख पनि पछाडि
‘किक’ ले भारतमा कुल २३१ करोड रुपैयाँ कमाएको थियो । शाहरुख खानको यसै वर्ष रिलिज भएको ‘ह्याप्पी न्यु इयर’ ले भारतमा २०२ करोड कमाइ गरेको थियो ।
पछिल्लो वर्ष अमिर खानको फिल्म ‘धुम-३’ ले भारतमा मात्रै २८४ करोड रुपैयाँ कमाएको थियो ।
ब्यापार विशेषज्ञका अनुसार ‘पिके’ले ‘धुम ३’ लाइ पछाडी पारेर सबै भन्दा धेरै कमाइ गर्ने सम्भावना देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment