Comments Add Comment

यातायात व्यवस्था कार्यालयले ड्राइभिङ सेन्टरका फारम नलिने

१८ पुस, बाँके । यातायात व्यवस्था कार्यालय नेपालगन्जले सवारी लाइसेन्सका लागि ड्राइभिङ ट्रेनिङ सेन्टरबाट आउने आवेदन फारम बुझ्न रोक लगाएको छ । ट्रेनिङ सेन्टर सञ्चालकले सर्वसाधारणबाट मोटो रकम असुली यातायात कर्मचारीलाई आर्थिक लोभमा पारेर कार्यालयबाट लाइसेन्स उम्काउने गरेको खुलेसँगै कार्यालयले कडाइ गरेको हो ।

driving-licenceकर्मचारीले ट्रेनिङ सेन्टरबाट घुस लिएर अयोग्यलाई पनि धमाधम लाइसेन्स जारी गरेको पाइएपछि छानबिन भइरहेको नागरिकमा खबर छ ।
गत आइतबारदेखि ट्रेनिङ सेन्टरका फाराम बुझ्न रोक लगाइएको यातायात कार्यालयका शाखा अधिकृत धर्म न्यौपानेले बताए । ‘यसअघि उनीहरुको फाराम दर्ता रोक्न कर्मचारीको लापरबाहीले समस्या थियो,’ उनले भने, -‘अबदेखिचाहिँ पूरै बन्द गछौं, कर्मचारी संलग्न देखिएका कारबाही हुन्छ ।’

घुस लेनदेनमा लाइसेन्स वितरण हुने गरेको तथ्यमाथि छानबिन तीब्र भएपछि अहिले ड्राइभिङ सेन्टरका कर्मचारी र सञ्चालक यातायात कार्यालयमा देखिन छाडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment