Comments Add Comment

कोरियाका नेपालीको तलव एक लाख नाघ्यो

१८ पुस, काठमाडौ । ईपीएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया आउने नेपालीको न्यूनतम पारिश्रमिक एक लाख नाघेको छ । श्रम तथा रोजगार मन्त्रालयले जनवरी १ बाट लागू हुने गरी जुनमै न्यूनतम ज्याला ७.१ प्रतिशत बढाइएको थियो ।

korea-2श्रम मन्त्रालय, श्रमिक संगठन र उद्योग सञ्चालक सम्मिलित न्यूनतम ज्याला निर्धारण समितिले हरेक वर्ष पारिश्रमिक बढाउने गर्छ । पछिल्लो वृद्धिले नेपालीहरु उत्साहित भएका छन्, कारोबार दैनिकमा खबर छ ।

न्यूनतम ज्याला वृद्धिसँगै अतिरिक्त समय गरी अधिकांश नेपालीले मासिक एक लाख ५० हजार भन्दाबढी आर्जन गर्नेछन् । कतिपयले भने न्यूनतम पनि नपाएको बताउँछन् ।

नयाँ पारिश्रमिक अनुसार सातामा ४० घण्टा काम गर्नेले न्यूनतम मासिक ११ लाख ६६ हजार २२० वन अर्थात एक लाख पाँच हजार सात सय ४१ रुपैयाँ पाउने छ ।

त्यस्तै, ४४ घण्टा काम गर्नेले १२ लाख ६१ हजार ८० वन अर्थात एक लाख १४ हजार ३२० रुपैयाँ बुझ्नेछन् । कोरियन वन एक सयबराबर नेपाली ९.४५ रुपैयाँ हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment