Comments Add Comment

एनआरएनको लगानीमा मुक्तिनाथमा बन्दैछ अत्याधुनिक रिसोर्ट

२० पुस, काठमाण्डौ । मुलुक राजनीतिक स्थितरतातिर अघि बढिरहेका बेला गैरआवासीय नेपालीहरु बिदेशमा कमाएको सीप र पूँजी नेपालमा लगानी गर्न उत्साहित देखिएका छन् ।
पछिल्लो समयमा बिभिन्न पर्यटकीय गन्तब्यमा गैरआवासीय नेपालीहरुको लगानीमा होटल तथा रिसोर्ट स्थापना गर्ने क्रम बढेको छ ।
Lo-mustang-resort-1यसैक्रममा अमेरिकामा २० बर्षदेखि ब्यबसाय संचालन गरिरहेका सोनामा लामाको लगानीमा मुस्ताङको मुक्तिनाथमा ५२ कोठाको अत्याधुनिक ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’ निर्माण भइरहेको छ । एक बर्षभित्रमा संचालन गर्ने लक्ष्य लिइएको रिसोर्टको यतिबेला धमाधम निर्माण भइरहेको छ ।
पछिल्लो समय मुक्तिनाथमा नेपाली तथा भारतीय पर्यटकको संख्या ह्वात्तै बढिरहेका बेला सोही ठाउँमा जन्मिएका लामाले स्तरीय रिसोर्ट निर्माण थालेका हुन् ।
‘अबको पर्यटकीय केन्द्र मुस्ताङ र मुक्तिनाथ नै हो’ लामाले भने- पर्यटकको संख्या बढेपनि स्तरीय रिसोर्टका लागि जोमसोम नै झर्नुपर्ने बाध्यता भएकाले मुक्तिनाथ परिसर नजिकै रिसोर्ट निर्माण गर्न थालेको हुँ ।’
Lo-mustang-resort-2मुक्तिनाथका कारण बढिरहेका हिन्दु धर्मालम्बी पर्यटक र अन्नपूर्ण सर्किट पदयात्राका पश्चिमा पर्यटकहरुलाई लक्षित गर्दै रिसोर्ट निर्माण थालिएको हो ।
६० रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्ट यो क्षेत्रको पहिलो अत्याधुनिक रिसोर्ट हुने छ । बिभिन्न ९ वटा भवनमा वातानुकुलित ५२ कोठा निर्माण भइरहेको लामाले जानकारी दिए । ‘टेण्ट र रूममा गरी एकैपटकमा एक सयभन्दा बढि पाहुनालार्इ सेवा दिन सक्छाैं’ उनले भने ।
रिसोर्टभित्रै हेलिप्याड र रक क्लाइम्बिङ सुबिधासमेत हुने छ । जसले शाहसिक पर्यटकलाई समेत आर्कषिर्त गर्ने उनको बिश्वास छ ।
तीन चरणमा सम्पन्न हुने रिसोर्ट निर्माणका लागि पहिलो चरणमा १० करोड लगानी हुने लामाले बताए ।
के-के छन सुबिधा ?
उच्च हिमाली क्षेत्रमा रहेका कारण पाहुनालाई चिसो नलागोस् भनेर निर्माणमा सजगता अपनाइएको छ । अत्याधुनिक रुम हिटिङ सिस्टम, स्टिम बाथ र ज्याकुजीको सुबिधा पनि रिसोर्टमा उपलब्ध हुने छ ।

रिसोर्ट संचालक सोनाम लामा
रिसोर्ट संचालक सोनाम लामा

सिमेन्टको प्रयोगले चिसो हुने भएकाले ढुंगा र माटोको प्रयोगलाई प्रोत्साहन गरिएको लामाले जानकारी दिए ।
‘यो रिसोर्टमा सम्पदा र सुबिधाको सन्तुलित संयोजन गरिने छ’ लामाले भने- तिब्बती र नेपाली निर्माण शैलीलाई पछ्याउँदै डिजाइन गरिएको छ ।’
रिसोर्टबाट केही मिनेटको हिडाईमै मुक्तिनाथ क्षेत्र पुगिन्छ ।
खेल पर्यटनलाई प्रर्बद्धन गर्न रिसोटसँगैको जमिनमा रक क्लाइम्बिङको ब्यबस्था गरिने छ । यस्तै घोडचढीमार्फत् पनि पर्यटकले आनन्द लिन सक्नेछन् ।
‘पछिल्लो समयमा भारतीय पर्यटकहरु सिधै हेलिकोप्टरमार्फत् मुक्तिनाथ जानेक्रम पनि बढेको छ, यसले हामीलाई बिलासी र खर्चालु पर्यटकको अभाव हुन दिँदैन’ लामाले भने- तर, हाम्रो खानाको मेनु र शुल्क आम नेपाली पर्यटक तथा मध्यमबर्गीय भारतीय पर्यटकलाईसमेत लक्षित गरेर बनाउँछौं ।’
स्वीटजरल्याण्डमा होटल म्यानेजमेन्ट अध्ययन गरेका अनुभवी ब्यबस्थापकद्वारा रिसोर्ट संचालन गरिने लामाले जानकारी दिए । रिसोर्टमा करिव ३० जनालार्इ रोजगारी दिइने छ ।
सोनामा लामा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अमेरिका क्षेत्रका क्षेत्रीय उपसंयोजकसमेत हुन् ।

Lo-mustang-resort-3 Lo-mustang-resort-4 Lo-mustang-resort-5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment