Comments Add Comment

मीलनले लण्डनमा नेपालीलार्इ अाफ्नो प्रस्तुति देखाउने

milan lamaविकास राज न्यौपाने 

लण्डन । लोक गायक मिलन लामाले लण्डनमा रहेका नेपाली माझ आफ्नो गीतहरु प्रस्तुत गर्ने भएका छन् । लण्डनमा तमु समाजले गर्न लागेको ल्होछार कार्यक्रममा उनले आफ्नो चर्चित गीतहरु प्रस्तुत गर्न लागेका हुन् । उनले यसका अतिरिक्त अन्य बिभिन्न कार्यक्रमहरुमा समेत आफ्नो सांगितिक प्रस्तुति दिने भएका छन् ।

कृष्ण भिरमा जाम, हङकङ आइडीले, माझीदाई पोखरा फेवातालको, छम्म छम्म नाचीदेउ, घरमा पराल बारीमा बन्सो, बेसारेको मन छैन मुखमात्र, जुम्ला कालिकोट जस्ता चर्चित गीतहरुका गायक लामाको प्रस्तुति लण्डनका बिभिन्न स्थानहरुमा जनवरी ३, १०, ११, १७, २४ र २५ का दिन हुने कार्यक्रमहरुमा देख्न पाइने आयोजकले बताएको छ ।

जनवरी २५ को अन्तिम कार्यक्रमपछि भने उनी नेपाल फर्किने कार्यक्रम रहेको छ । यसका अतिरिक्त नेपाली नयाँ बर्षको समयमा भने उनले युरोप तथा कतारमा आफ्नो सांगितिक प्रस्तुति दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment