Comments Add Comment

बुद्धविहारमै ‘मासु र मदिरा’को प्रयोग

२१ पुस, भैरहवा । गौतमबुद्धको जन्मस्थल पवित्र उद्यान लुम्बिनी क्षेत्रभित्र माछामासु, मदिराजन्य तथा सुर्तिजन्यवस्तुको प्रयोगमा प्रतिबन्ध लगाइए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन ।

Lumbini-FInal

लुम्बिनी क्षेत्रभित्र रहेको सेक्रेट गार्डेन र अन्तर्राष्ट्रिय विहार क्षेत्रमा मासु तथा मासुजन्य वस्तुको प्रयोग गर्न नपाउने लुम्बिनी विकास कोषले प्रावधान बनाए पनि उक्त स्थानमा खुलेआम रुपमा मासुको प्रयोग भएको पाइएको छ ।

पवित्र उद्यान लुम्बिनीलाई साकाहारी शान्ति क्षेत्रको रुपमा विकास गर्नका लागि लुम्बिनी विकास कोषले लुम्बिनी गुरुयोजनाभित्रका अन्तर्राष्ट्रिय विहार क्षेत्रमा रहेका विहार क्षेत्रहरु, लुम्बिनी गुरुयोजनाको पवित्र उद्यान क्षेत्र तथा सांस्कृतिक केन्द्र एवम् बसपार्क क्षेत्रमा माछा, मासु, मदिराजन्य वस्तुहरु लैजान तथा सेवन गर्न निषेध गरे पनि त्यसको कार्यान्वयन भने हुन नसकेको गोरखापत्रमा खबर छ । जसका कारण लुम्बिनीको साखसमेत गिर्दै गएको छ । लुम्बिनी क्षेत्रभित्र रहेका विहारहरु मध्ये थेरावादी विहारहरुले बढी मात्रामा माछामासुको प्रयोग गर्ने गरेका छन् ।

अन्तर्राष्ट्रिय विहार क्षेत्रमा रहेका विभिन्न देश तथा बौद संस्थाले सञ्चालनमा ल्याएका बौद्ध विहारहरुले मासु तथा मासुजन्य पदार्थको खुलेआम रुपमा प्रयोग गरेपछि लुम्बिनी विकास कोषलाई कार्यान्वयनमा ल्याउन कठिन भएको हो ।

विहार क्षेत्रभित्र रहेका ३०/३५ वटा विहारमध्ये अधिकांश विहारले आफूले खाने तथा खुवाउने भान्सामा मासुको प्रयोग गर्ने गरेका छन् । विहारभित्र आयोजना गरिने कार्यक्रममा खुवाइने खानामा सधैजसो मांसहारी खानाको प्रयोग गर्ने गरेको पाइएको लुम्बिनी विकास कोषले जनाएको छ । कोषले गरेको निर्णयलार्य सम्बन्धित पक्षले कार्यान्वयनमा नल्याइदिँदा कोष अप्ठ्यारोमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment