Comments Add Comment

भारतमा ट्रान्सजेन्डरले मेयरको चुनाव जितिन्

२१ पुस, नयाँदिल्ली । भारतमा एक ट्रान्सजेन्डर नागरिक मेयर बनेका छन् । छत्तीसगढ राज्यको राइगढमा नगरपालिकाको निर्वाचनमा मधु किन्नरले जित हात पारेकी हुन् ।

Madhu kinnarउनले प्रधानमन्त्री नरेन्द्र मोदीका भारतीय जनता पार्टीका प्रतिद्वन्द्वीलाई चार हजार ५०० भन्दा बढी मतले पराजित गरेको राज्यको निर्वाचन आयोगले उल्लेख गरेको छ ।

टेलिभिजन च्यानलहरूले ३५ वर्षीया किन्नरलाई सारीमा उनका समर्थकहरूले फूलका माला लगाइदिँदै गरेको अवस्थामा देखाएका छन् ।

किन्नर दलित जातका सदस्य हुन् र यसलाई भारतमा पहिले अछूत मानिन्थ्यो । उनले जीविकाका लागि रेलमा नाचगान गर्ने गरेको प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ । उनलाई आफ्नो समुदायको प्रतिनिधित्व गर्न आग्रह गरिएपछि उनले यो काम छोडेकी थिइन् ।

निर्वाचनमा विजय हासिल गरेपछि किन्नरले पत्रकारहरूलाई जनताले आफूमाथि विश्वास गरेको, यस विजयलाई जनताले आफूलाई दिएको मायाँ ठानेको र आफूले पनि जनताको सपना पूरा गर्न आफ्नो सबै प्रयास लगाउने बताइन् ।

भारतको सर्वोच्च अदालतले लिङ्गविहीनको रूपमा स्वीकार गर्न आदेश दिएको नौ महिनापछि किन्नरले यो विजय हासिल गरेकी हुन् । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment