+
+
Shares

मन विचलित भएको भन्दै जोगीले आफ्नै लिंग काटे

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २२ गते ८:१२

२२ पुस, काभ्रे । ‘म अब स्वामी हुन सकिनँ, मेरो मन विचलित भयो’ भन्दै एक महादेवभक्त जोगीले आफ्नै लिंग छेदन गरेका छन् । ‘त्यागमय जीवन भोग गरिहेको समेमामा लिंगले डगमगाउन खोज्यो’ भन्दै ती जोगीले हँसियाले आफ्नो लिंग छेदन गरेका हुन्, राजधानी दैनिकमा खबर छ ।

यो घटना टाढाको नभएर काभ्रेपलाञ्चोक जिल्ला मण्डन महादेवस्थान-३ स्थित कश्यपेश्वर महादेवको मन्दिरमा घटेको हो । सत्ययुगमा महादेवकी श्रीमती सतीदेवीको मृत्युपश्चात् नाभी पतन भएको स्थानमा निर्मित महादेव मन्दिरमा श्रीस्वस्थानी ब्रतकथाको प्रारम्भ भएकै दिन अर्थात पौष शुक्ल पूणिर्माको दिन पारेर उनले आफ्नै लिंग छेदन गरेका हुन् । उनले आफू महादेवको भक्त भएको र स्त्री जातिको सम्मान गर्ने समयमा स्त्रीप्रति नकारात्मक सोंच पलाउनुमा आफ्नो लिंग नै दोषी भएकाले त्यसलाई छेदन गरेको सुनाए ।

काठमाडौ गोदावरीका ५० वषर्ीय अर्जुनकुमार सिलवालका आमा र बुबाको देहान्तपछि शिवभक्त बनेका हुन् । पशुपतिमा करिब २० वर्षको सेवापश्चात ६ वर्षअघि उनी महादेवस्थानस्थित मन्दिरमा आएका थिए । सुरुका दिनमा आफू पूर्ण रुपमा आसनमा रहे पनि खानपानका कारण आफूमा रहेको संकल्प केही दिनदेखि टुटेकाले बाध्य भएर आफ्नो लिंग काटेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?