निर्देशक सविर श्रेष्ठ नायिका रेखा थापालाई चलचित्र क्षेत्रको ‘ब्रान्ड’ भन्छन् । रेखा ब्रान्ड भएकै कारण आफूले उनलाई हेरेर ‘तथास्तु’को कथा लेखेको उनको भनाई छ ।
यता, नायिका रेखा थापा भने सविर राम्रो निर्देशक भएको दाबी गर्छिन् । सोमबार चलचित्र ‘तथास्तु’ सेन्सरमा हेरेपछि रेखाले सविरको प्रशंसा गरिन् । पौष २५ अर्थात शुक्रबारबाट चल्न लागेको यो चलचित्रले ‘यूनिभर्सल’ प्रमाणपत्र पाएको छ । अब, यो चलचित्रलाई सबै बर्गका दर्शकले हेर्न पाउनेछन् ।
चलचित्रको सेन्सरमा उपस्थित नायिका थापाले सविरलाई ‘नम्बर वान’को पगरी गुथाइदिइन् । सविरले निर्देशन गरेका ७ चलचित्रमा ५ वटा चलचित्रमा रेखा नै मुख्य भूमिकामा छिन् ।
जगदिश्वर थापाको लेखन रहेको ‘तथास्तु’मा किशोर खतिवडा, सुवास थापा, विज्ञान जोशीको पनि मुख्य भूमिका छ । चलचित्रले नारी हिंसा र प्रतिकारको कथा भन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4