Comments Add Comment

एकैदिन प्रभू बैंकको साढे पाँच करोडको कारोबार

prabhu bank२३ पुस काठमाडौं । बुधबार नेप्सेमा प्रभू बैंकको ५ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बजार बन्द हुँदा यो कम्पनीको प्रतिकित्ता सेयर मूल्य २ सय ७१ रुपैयाँ कायम रहृयो । यो मंगलबारको भन्दा २ रुपैयाँले कम हो ।

खराब कर्जामा व्यापक सुधार आएको हल्ला चलेपछि लगानीकर्ताहरु प्रमभू बैंकको सेयरमा आकषिर्त भएको विश्लेषण गरिएको छ । बुधबार मात्रै यो बैंकको १ लाख ९९ हजार कित्ता सेयर ४ सय ६० पटक कारोबार भयो ।

त्यसैगरी बुधबार नेसनल लाईफ इन्स्योरेन्सको १ करोड ८७ लाख, नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ६४ लाख, एभरेष्ट बैंकको १ करोड २८ लाख र ग्लोबल आइएमई बैंकको १ करोड १ लाख रुपैयाँको कारोबार भएको छ ।

यो दिन ७.१३ अंकले बढेर नेप्से परिसूचक ९२४.५४ अंकमा पुगेको छ । यो दिन सबै समुहगत सूचकहरु बढेका छन । खासगरी बीमा, जलविद्युत र होटल समुहका सूचकले नेप्से बढाएका छन ।

Nepse-index-pous23बुधबार बीमाको सूचक ४५.३५ अंकले बढेको छ भने जलविद्युतको सूचक ३६.३७ अंकले बढेको छ ।

त्यसैगरी, होटलको २०.३५ अंकले, वाणिज्य बैंकको ३.४८ अंकले, विकास बैंकको ८.४७ अंकले, वित्त कम्पनीको २ अंकले, उत्पादनमूलकको १०.२५ अंकले र अन्य समूहको सूचक ८.२२ अंकले बढेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

एक्सचेञ्जका अनुसार यो दिन १ सय ३७ कम्पनीका ६ लाख २९ हजार कित्ता सेयर २६ करोड रुपैयाँमा किनबेच भयो । बुधबारसम्ममा ९ खर्ब ४८ अर्ब रुपैयाँको बजार पुँजीकरण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment