+
+
Shares

उद्योग मन्त्रालय तात्यो जनकपुर चुरोट कारखाना चलाउन

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २४ गते ११:०१

२४ पुस, काठमाडौं । सरकार चार वर्षदेखि बन्द अवस्थामा रहेको जनकपुर चुरोट कारखाना पुनः सञ्चालनको तयारीमा जुटेको छ । उद्योगमन्त्री महेश बस्नेतले चुरोट कारखाना छिट्टै सञ्चालनमा आउने बताएका छन् ।

Janakpur-Churot-Factoryजनकपुरस्थित जचुकालिको स्थलगत निरिक्षणपछि मन्त्री बस्नेतले चुरोट कारखाना पुनः सञ्चालनका लागि सरकार गृहकार्यमा जुटेको बताए ।

‘उद्योग मन्त्रालय, अर्थ अर्थमन्त्रालय र अन्य सरोकारवाला निकायबीच अहिले छलफल भइरहेको छ’ उनले भने- ‘आगामी एक महिनाभित्रमा उद्योग सञ्चालनको प्रकृया अगाडि बढ्छ ।’

मन्त्री बस्नेतले एक जिल्ला एक औद्योगिक क्षेत्र खोल्नुपर्ने बताउँदै एक निर्वाचन क्षेत्र एक औद्योगिक ग्राम निर्माणको अवधारणालाई सँगसँगै अगाडि बढाएको बताए ।

उद्योग सचिव उत्तम कुमार भट्टराई र सह-सचिव ऋषि कोइरालाको साथमा जनकपुर पुगेका मन्त्री बस्नेतले जनकपुर धाममा गंगा आरतीको समेत अवलोकन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?