Comments Add Comment

बसको ठक्करले बालकको मृत्यु

२४ पुस, कैलाली । बसको ठक्करले कैलालीमा एक बालकको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको चौमालामा यात्रुबाहक बसको ठक्करबाट १२ वर्षका बालक अर्जुन विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ ।

बिहीबार बिहान पुर्वबाट पचिम तर्फ गईरहेको ना ४ ख ५८८४ नम्बरको बसले बाटोमा हिँड्दै गरेका विकलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका विकको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment