Comments Add Comment

एमाले सभासदले भने-आक्रमणको धम्की आयो

२४ पुस, काठमाडौं । संविधानसभा बैठक चलिरहेका बेला मुठभेड, रक्तपात र आक्रमणका धम्कीमाथि छलफल चलेको छ । सभासदहरुले एकले अर्को दलमाथि मुठभेड गर्न खोजेको आरोप लगाएका छन् ।

संवाद समितिको प्रतिवेदनमाथि छलफल गर्ने क्रममा एमाले सभासद प्रेमवहादुर आले मगरले एमाओवादी नेतृत्वको मोर्चाले संविधानसभाभित्र मुठभेड गर्ने तयारी गरेको आरोप लगाए ।

सभासद आलेले हालै एमाओवादी संसदीय दलको बैठक र ३० दलको बैठकमा संविधानसभाभित्र मुठभेड गर्नका लागि तयार हुन सभासदहरुलाई निर्देशन गरेको प्रसंग उठाउँदै यसप्रति आपत्ति जनाए ।

एमाले सभासद आलेले भने-संविधानसभाभित्रै आक्रमण हुन सक्ने धम्की एमाओवादी मोर्चाको तर्फबाट आएको छ, यो गम्भीर कुरा हो, तपाईहरु संयमित हुनुस् ।

उनले एकल जातीय पहिचान कुनै हालतमा स्वीकार्य नहुने र कैलाली कञ्चनपुरलाई सुदूरपश्चिमका पहाडी जिल्लाबाट अलग गरेर संघीयतामा जाने कुरा नमान्ने चेतावनी समेत दिए ।

एमाले सभासद आलेले बोलेलगत्तै एमाओवादी प्रमुख सचेतक गिरिराजमणि पोखरेलले उनको दाबी असत्य भन्दै आपत्ति प्रकट गरेका छन् ।

पोखरेलले भने-एमालेका सभासदज्यूले लगाएको आरोप गलत हो, म यसको खण्डन गर्छु, हामीले मुठभेड गर्ने भनेका छैनौं, तर यहाँ जबर्जस्ती प्रक्रियामा गइन्छ भनेर मुठभेडको तयारी गरिँदैछ ।’

पोखरेलले संविधानसभामा सुरक्षाकर्मीको संख्या बढाइएको र सेना परिचालन गर्न लागिएको बारेमासमेत जवाफ मागेका थिए ।

नेपाली कांग्रेस सभासद अमरेशकुमार सिंहले पनि संविधानसभाभित्र मुठभेडको तयारी गर्न लागिएको, मार्सल लगाउने र सेना परिचालन गर्ने कुरा आएको भन्दै आपत्ति जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment