Comments Add Comment

स्थायी परिचयपत्र जारी गर्ने निर्वाचन आयोगको तयारी

ILA-SHARMAआरपी सुवेदी
२४ पुस, नेपालगन्ज । निर्वाचन आयुक्त ईला शर्माले निर्वाचन आयोग स्थायी मतदाता परिचयपत्र जारी गर्ने तयारीमा लागेको बताएकी छन् । मतदाता नामावली तथा मतदाता शिक्षा सम्बन्धी तीन दिने क्षेत्रीय प्रशिक्षण कार्यक्रमलाई बाँकेको नेपालगन्जमा उद्दघाटन गर्दै शर्माले सो कुरा बताएकी हुन् ।

उनले आयोग जुनसुकै निर्वाचन सम्पन्न गराउन तयारी अवस्थामा रहेको जानकारी पनि दिइन् । आयोगले फिल्डमा नै पुगेर मतदाता नामावली संकलन तथा अध्यावधिक गर्ने कार्य यो नै अन्तिम हुनसक्ने शर्माले बताइन् ।

स्थानीय निकायको निर्वाचनको तयारी तर्फ पनि ईङ्गित गर्दै उनले थपिन्-‘आयोगले स्थानीय निकायको निर्वाचनको लागि समेत तयारी गर्दै आएको छ, सकेसम्म त्रुटी रहित रुपमा संकलन गरेर ल्याउनको लागि आयोगले बेलाबेलामा तालिम आयोजना गर्दै आएको छ ।’

तालिममा मध्यपश्चिममा १५ वटै जिल्लाका जिल्ला निर्वाचन अधिकारी तथा कम्प्युटर अधिकृत एवं कम्प्युटर अपरेटर सहभागि छन् । मतदाता नामावालीको संकलन र अध्यावधिकको लागि खट्ने अधिकारीलाई शुद्ध नामावली संकलनको लागि मद्दत पुर्‍याउने उद्देश्यले सो तालिम आयोजना गरेको निर्वाचन आयोगले जनाएको छ ।

उनले तालिममा सहभागि आयोगका कर्मचारीहरुलाई सिकेको कुरा पूर्णरुपमा व्यवहारमा लागू गर्न निर्देशन पनि दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment