Comments Add Comment

फ्रान्समा आक्रमणको त्रास कायमै: राष्ट्रपति होल्याण्ड

holand

२६ पुस, काठमाडौं । फ्रान्स सरकारले आतंकवादी आक्रमणको सम्भावना कायमै रहेकोले सतर्क रहन सबैलाई आग्रह गरेको छ ।
राष्ट्रपति फ्राँस्वा होल्याण्डले टेलिभिजनमार्फत् देशबासीलाई सम्वोधन गर्दै फ्रान्समा आतंकवादी हमलाको त्रास कायमै रहेकोले सबैलाई सतर्क रहन आग्रह गरेका हुन् ।

उनले आतंकवादी विरुद्धको कारवाही जारी रहेको पनि बताए ।

युरोपेली देशका प्रमुखहरु र्‍यालीमा

आतंकवादी आक्रमणविरुद्ध यूरोपेली देशका प्रमुखहरुले एकजुट भएर पेरिसमा र्‍याली निकाल्ने भएका छन् । र्‍याली आइतबार निकालिने छ । ब्रिटेनका प्रधानमन्त्री डेबिड क्यामरुन, जर्मन चान्सलर एन्जेला मर्केल लगायत र्‍यालीमा सहभागी हुनेछन् ।

युरोपेली देशका प्रमुखहरु सँगै र्‍यालीमा सहभागी भएर आतंकवादविरुद्ध एकजुट रहेको सन्देश दिन लागेको अन्तराष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।

राजधानी पेरिसस्थित चार्लि हेब्डो पत्रिकाको कार्यालयमा आक्रमण गरी १२ जनाको हत्या गरिएपछि पनि फ्रान्सका बिभिन्न स्थानमा बन्दुकधारीहरुको आक्रमण जारी छ ।

बन्धक बनाइएका छुटे

यहुदी सुपरमार्केट लगायत दुई स्थानमा बन्धक बनाइएका १५ जनालाई छुटाउने क्रममा सुरक्षाकर्मीको पछिल्लो कारवाहीबाट तीनजना बन्दूकधारी मारिएका छन् । यसअघि चार जना मारिएका थिए । कारवाहीको क्रममा २ जना सुरक्षाकर्मीसहित अन्य केही घाइते भएका छन् ।

चार्लि हेब्डो कार्यालयमा आक्रमण गर्ने तीनजना इस्लामी बन्दूकधारीलाई फ्रान्सका राष्ट्रपति होल्याण्डले हत्याराको संज्ञा दिएका छन् । उनले बिभिन्न स्थानमा बन्धक बनाइएका सर्बसाधारणहरुलाई मुक्त पार्ने सुरक्षाकर्मीहरुको प्रशंसा समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment