Comments Add Comment

चार्ली हेब्दोबिरोधी प्रदर्शनमा फोटोग्राफरलाई गोली प्रहार

२ माघ, कराची । पाकिस्तानको कराचीस्थित फ्रान्सेली वाणिज्यदूतावासबाहिर धार्मिक दलका कार्यकर्ताहरूले शुक्रबार आयोजना गरेका चार्ली हेब्दोबिरोधी प्रदर्शनको फोटो खिच्दैरहेका एएफपीका फोटोग्राफर असिफ हसनलाई गोली लागेको छ ।

गोली लागेर उनी गम्भीर रूपमा घाइते भएका छन् । हसन जानाजान आक्रमणको लक्ष्य नबनेको प्रहरी तथा प्रत्यक्षदर्शीले बताएका छन् । उनीहरूले जमात–ए–इस्लामी नामक धार्मिक दलका विद्यार्थी शाखाका प्रदर्शनकारीले प्रहरीमाथि गोली हानिरहेको र हसन यी दुईको भिडन्तबीच परेको बताए ।

उक्त दलले यसका लागि आफ्नो जिम्मेवारी अस्वीकार गरेको छ भने यसका लागि प्रहरीमाथि आरोप लगाएको छ ।

हसन उपचारका लागि रहेका कराचीस्थित जिन्हा अस्पतालका चिकित्सक सीमी जमालीले हसनको फोक्सोमा गोली लागेको र छाती भएर निस्किएको जानकारी दिइन् । उनले हसन हाल खतरामुक्त रहेको र आफ्ना सहकर्मीसँग कुरा गरेको बताइन् ।

वरिष्ठ प्रहरी अधिकारी अब्दुल खालिक सेखले करिब ३५० प्रदर्शनकारी फ्रान्सेली वाणिज्यदूतावास प्रवेश गर्न चाहेको र प्रहरीले उनीहरूलाई रोक्न खोज्दा उनीहरूले प्रहरीमाथि गोली चलाएको बताए ।

इस्लामी जमियात–ए–तालाबा कराचीका प्रमुख हाफिज बिलाल रमजानले प्रहरीले जथाभावी गोली प्रहार गरेको आरोप लगाए । रासस÷एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment