मुम्बई । हिन्दी सिनेमाको स्वरुप क्रमश बदलिंदै छ । रोमान्टिक फिल्म होस वा एक्सन । सस्पेन्स थ्रीलर होस् या हरर मनोरञ्जनात्मक हुनैपर्छ ।
बलिउडमा हरर फिल्म निर्माण जुन अनुपातमा हुन पर्ने हो, भएको छैन । यद्यपि वर्षमा केही थान हरर फिल्म नबनेका त होइनन् । तर, ति फिल्मले बक्स अफिसमा उधुम मच्चाउन सकेको छैन ।
कुनै बेला ग्ल्यामरसकै कारण चर्चामा रहेकी बिपाशा बसु पछिल्लो समय सबै भन्दा धेरै हरर फिल्ममा काम गर्ने हिरोइनका रुपमा चिनिन्छिन् । हाल प्रदर्शित फिल्म ‘अलोन’ मा मुख्य भुमिका निर्वाह गरेकी विपाशाले पछिल्लो १२ वर्षमा ७ वटा हरर फिल्ममा काम गरेकी छिन् ।
राज, राज-३, आत्मा, डरना जरुरी है, रक्त, क्रिएचर र अलोन । यी सबै फिल्ममा विपाशाले मुख्य भुमिका निर्वाह गरेकी छन् ।
सन २००२ मा निर्माण भएको राजवाट उनको हरर यात्रा सुरु भएको थियो । हरर फिल्म हेर्ने दर्शक आफै आँटिलो हुनुपर्छ । तर,अभिनेत्री विपाशा भने डरपोक छिन् ।
पटक पटक विपाशाले हरर फिल्ममा काम गर्नुको कारण उनको इच्छा भन्दा पनि निर्देशकको आग्रह मुख्य कारण हुने गरेको छ ।
प्रतिक्रिया 4