Comments Add Comment

माघ १६ देखि १८ गतेसम्म राजधानीमा माछा महोत्सव

४ माघ काठमाडौं । राजधानीमा दोस्रो राष्ट्रिय माछा महोत्सव आयोजना हुने भएको छ । मत्स्य पालनको विकास, सम्मृद्ध राष्ट्रको आधार नाराका साथ तीनदिने महोत्सवको आयोजना गर्न लागिएको हो ।

Ma6aमत्स्य विकास निर्देशनालय, नेपाल कृषि अनुसन्धान परिषद्को मत्स्य अनुसन्धान महाशाखा, कृषि तथा बन बिश्वविद्यालय, एक्वा फिस, मनहरि डेभलपमेन्ट इन्स्टीच्युटलगायत संस्थाको सहकार्यमा नेपाल मत्स्य समाज तथा नेपाल मत्स्य व्यवसायी संघले महोत्सवको आयोजना गरेको हो ।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आगामी माघ १६ देखि १८ गतेसम्म बानेश्वरस्थित एभरेष्ट होटल अगाडिको चौरमा आयोजना हुने जानकारी गराइयो ।

महोत्सवमा ५० वटा स्टल राखिने नेपाल मत्स्य व्यवसायी संघका अध्यक्ष तुलसी गिरीले जानकारी दिए । जसमध्ये १० वटा चेतनामूलक, २० वटा माछा तथा माछापालन सम्बन्धी आवश्यक प्राविधिक उपकरणसहितको व्यवसायिक तथा २० वटा माछाका परिकारसम्बन्धी स्टलल राख्ने व्यवस्था गरिएको उनले जानकारी दिए ।

महोत्सवमा २५ वटा जिल्लाका माछा व्यवसायीले सहभागिता जनाउने संघले जनाएको छ । संघकाअनुसार मेलामा मुख्यगरी सात जातका माछाका साथै नयाँ जात मानिएको टिलापिया र पंगेसियस जातको माछाको परिबार, माछाको भूरासहित रंगिन माछाको अवलोकन तथा बिक्री गर्ने व्यवस्था पनि गरिएको छ ।

मत्स्य विकास निर्देशनालका निर्देशक डा. रामानन्द मिश्रका अनुसार बानेश्वरकै इन्द्रेणी कम्पलेक्सको मैत्री हलमा राष्ट्रिय सम्मेलनको पनि आयोजना गरिएको छ ।

सम्मेलनमा माछासम्बन्धी बिभिन्न बिज्ञहरुले २० वटा कार्यपत्र प्रस्तुत गर्नेछन् । उनका अअनुसार माछाले राष्ट्रिय ग्राहर्स्र्थ उत्पादनमा १ प्रतिशत तथा कृषि ग्राहस्र्थ उत्पादनमा ३ प्रतिशले योगदान पुर्‍याउँदै आएको छ ।

निर्देशनालयका अनुसार नेपालका ५६ जिल्लामा माछाको उत्पादन हुँदैआएको छ । तराईको २०, मध्य पहाडीको ३० तथा हिमालीको ६ जिल्लामा माछा उत्पादन हुन्छ । नेपालको बारा जिल्लामा माछा उत्पादनमा पहिलो नम्बरमा आउँछ । नेपालका २१ प्रजातिका माछा संकट सूचीमा परेका छन। जसमध्ये सहर जातको टरटर भन्ने माछा लोप भइसकेको छ ।

सरकारले आगामी पाँच वर्षमा नेपाललाई माछामा आत्मनिर्भर बनाएर आगामी १५ वर्षमा प्रतिव्यक्ति प्रति बर्ष खपत हुने माछाको भाग बढाउने योजना अघि बढाएको छ । ‘यस योजनाअन्तर्गत अहिलेको प्रतिव्यक्ति प्रतिवर्ष रहेको २.३ किलो माछाको भागलाई बढाएर १० किलो पुर्‍याउने लक्ष्य छ’ निर्देशक मिश्रले भने ।

नेपालमा ८० प्रतिशत आफ्नै उत्पादन र २० प्रतिशत भारतीय माछाले बजार ओगटे पनि राजधानीमा भने ६५ प्रतिशत भारतको र ३५ प्रतिशत मात्रै स्वदेशी उत्पादनले बजार थेगेको छ । जसअनुसार राजधानीमा दैनिक १२ हजार भारतीय र पाँचहजार स्वदेशी माछाको बिक्री हुन्छ ।

नेपालमा ६४ हजार ९ सय मेट्रकिटनको हाराहारीमा माछा उत्पादन हुन्छ । आथिर्क वर्ष ०६९/०७० मा झण्डै २ अर्ब रुपैयाँ बराबरको १० हजार मेट्रकिटन माछा आयात भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment