Comments Add Comment

दीपक मनाङेका छोरासँग मालाको ‘वन वे’

फाइल तस्बिर : चलचित्र 'वने वे'कि नव-कलाकार माला लिम्बु
फाइल तस्बिर : चलचित्र ‘वने वे’कि नव-कलाकार माला लिम्बु

चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राइले फागुन १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘वन वे’मा आफ्नो नाम समावेश गरेका छैनन् । तर, यसमा उनले आफ्नी श्रीमतीको नाम निर्माताको रुपमा राखेका छन् ।

यो चलचित्रमा डनको रुपमा परिचित दीपक मनाङेको लगानी रहेको बताइन्छ । यो चलचित्रबाट नै दीपकका छोरा सिद्धार्थ गुरुङले नेपाली रजतपटमा पाइला राख्दैछन् । सुरज सुब्बा ‘नाल्बो’ले निर्देशन गरेको यो चलचित्रमा रबिन तामाङ, करिश्मा मानन्धरको पनि मुख्य भूमिका छ ।

निर्मातामा नाम नलेखेपनि राजकुमार राई प्रचारमा भने सक्रिय देखिएका छन् । उनले चलचित्र हेरेपछि दर्शकले सिद्धार्थलाई रुचाउने बताए । राइले भने-‘सिद्धार्थले चलचित्रमा गजबकै काम गरेको छ । चलचित्र हेरेपछि उ पनि नयाँ पुस्ताको नायकको रुपमा उदाउनेछ ।’

राजकुमारको योजना यो चलचित्रलाई नेपालसँगै विदेशमा पनि चलाउने हो । यसैले, उनले केही फरक कथावस्तु र नयाँ अनुहारलाई लिएर चलचित्र निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment