Comments Add Comment

एउटा बाख्राको मूल्य २ लाख १३ हजार रुपैयाँ

७ माघ, काठमाडौ । सुन्दा अचम्म लाग्न सक्छ, एउटै पाठा/पाठीको मूल्य २ लाख १३ हजार रुपैयाँ अर्थात २ हजार एक सय ५० अमेरिकी डलर । सरकारले देशलाई मासुमा आत्मनिर्भर बनाउन अष्ट्रेलियाबाट भर्खर मात्र उक्त मूल्य तिरेर नयाँ जातका ४० वटा पाटी (बाख्रा) तथा ३९ पाठा -बोका) नेपाल भित्राएको छ ।

हाल नेपालमा एउटा भैंसीको मूल्य करिब एक लाख रुपैयाँसम्म पर्ने गर्दछ, यसरी हिसाब गर्दा दुई भैंसीबराबर एउटा पाठो वा पाठी आउने भएको अभियान दैनिकमा खबर छ ।

विश्व बैंकको सहयोगमा अष्ट्रेलियाबाट एक सय ७५ ओटा पाठापाठी ल्याउन लागिएको हो । बाँकी बाख्रा आगामी जुनसम्म नेपाल आइपुग्नेछन् । अष्ट्रेलियाबाट मासु प्रयोजनका लागि नेपाल ल्याइएका ब्रोइलर जातका बाख्रा हाल कृषि निर्देशनालय खुमलटारमा राखिएको कृषि विकास मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरले बताए । सरकारले मध्य तथा सुदूरपश्चिमका १२ जिल्लामा मासु उत्पादनको माध्यामबाट पोषण सुरक्षा गर्ने योजनासहित ती पाठापाठी नेपाल ल्याइएको हो ।

देशलाई खाद्य पोषण तथा मासुमा आत्मनिर्भर बनाउन कृषि तथा खाद्य सुरक्षा आयोजना मार्फत नेपालमा ल्याइएको उनले बताए ।

जन्मिएको १४ महिनामा नेपाल भित्राइएका ती पाठापाठीको हालको तौल ४५ किलो रहेको छ । बयस्क तथा मासुका लागि उपयोगी (१८देखि २२ महिना) भएपछि एउटा बोकाको तौल ७० किलो पुग्ने ठाकुरले जानकारी दिए ।
अष्ट्रेलियन मूलका ती पाठापाठीलाई तनहुँको बन्दीपुर, नेपालगञ्ज एवम् कैलालीको बुढीतोलामा राखिने सरकारको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment