Comments Add Comment

बिजुलीबजारमा बारुलाजस्तै आन्दोलनकारी (फोटोकथा)

bijuli bazar

तस्वीरमा देखिएको दृश्य काठमाडौंको बिजुलीबजारस्थित पुलको हो । पुलमुनि धोबी खोलामा कालो गन्धे पानी छ । माथिपटि्ट सडकमा बारुलाको गोलोजस्तै आदिवासी जनजाति आन्दोलनकारीहरु छन् । क्षितिजमा उपत्यका बाहिरको पहाडसमेत छर्लङ्ग देखिन्छ ।

शुक्रबार प्रदर्शनकारीले बाटो छेकेर प्रदर्शन गर्दा यातायात अवरुद्ध भयो ।
bijuli bajar pool
यो दृश्यचाहिँ पुलभन्दा पूर्वपटि्टको हो, जहाँ शुक्रबार राप्रपा नेपालका प्रदर्शनकारी भेला भएका थिए । यो प्रदर्शनको नेतृत्व कमल थापाले आफैं गरेका थिए ।
Dhobikhola
सनातन हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्र माग्नेहरु र धर्म निरपेक्षता एवं गणतन्त्रको पक्ष लिने दुई धारका प्रदर्शनकारीहरु धोवीखोलामा यति नजिकै भए कि उनीहरुलाई प्रहरीको छोटो सुरक्षा घेराले छुट्यायो । तर, लोकतन्त्रको सुन्दरता भनेझै आमने-सामने भएका प्रदर्शनकारीहरु आपसमा झगडा गरेनन् ।
sarbasadaran
दुईतिर आमने सामने भएका विपरीत राजनीतिक शक्तिलाई सर्वसाधारणले निकै रोचक मानेर हेरे ।
flag
पहिचानको माग गर्ने आदिवासी जनजातिहरुले धनुष अंकित ठूलो झण्डा बोकेका थिए । यस्तो लाग्थ्यो, महाभारतको लडाइँमा कसैले रथबाट ध्वजा फहराइरहेको छ ।
pradarsan
हिन्दुराष्ट्र माग्दै राप्रपा नेपालले गरेको प्रदर्शनमा वालकका हातमा समेत झण्डा देखिएको छ । यस्तो लाग्छ, यिनी ०६२/०६३ को गणतान्त्रिक आन्दोलताका जन्मिएका हुन् । तर, उनी सडकमा आउन सक्ने भइसक्दा पनि संविधान बनेको छैन ।
yuba
पहाड फोर्न सक्ने बलिष्ठ पाखुरा भएका युवा पनि अझै राजनीतिक आन्दोलनमै अल्मलिइरहनुपरेको छ । राजतन्त्र कालमा हुर्केका युवाका पाखुरामा अझैसम्म स्व. राजा वीरेन्द्रप्रतिको सदभाव देखिन्छ ।
pradarsan 1
आफूलाई कन्जरभेटिभ शक्ति बनाउन खोजिरहेको राप्रपा नेपालमा पुरानो पुस्ताका नागरिकको सहभागिता देखिनु अस्वाभाविक होइन ।

10
राजधानीका मध्यमवर्गीय एवं सम्भ्रान्त वर्गका महिलाहरु प्रायः ठूलोखालको चश्मा लगाउने गर्छन् । नेपालको राजनीतिक आन्दोलनमा महिलाको भूमिका अग्रणी मोर्चामा देखिए पनि उनीहरुले अहिलेसम्म महिला हिंसाबाट पूर्ण मुक्ति पाउन सकेका छैनन् ।
purohit
हिन्दु राष्ट्रको माग गर्ने राप्रपा नेपालको प्रदर्शनमा ब्राह्मण र पुरोहितहरुको पनि सहभागिता देखिन्छ ।
pradarsan 3राजधानी नेवार समुदायको बाहल्य क्षेत्र हो । तर, जनजातिले गरेको प्रर्दशनमा लिम्बुवान, मगरात लगायतको ब्यानर समेत थियो ।

12

माघ ८ मा संविधान बन्न सकेन । तर, त्यसको भोलिपल्ट सभासद पनि सडकमा उत्रिए । राप्रपा नेपालका सभासद कुन्ती साही सडक प्रदर्शनमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment