१२ माघ, काठमाडौं । ग्रीमको संसदीय चुनाव वामपन्थी पार्टी सिरिजाले जितेको छ ।
सिरिजाको जितले पुरा युरोपलाई आश्चर्यमा परेको छ । अब ग्रिसलाई दिइने ऋणको शर्तमा नयाा शिराबाट वार्ता हुनेछ ।
झण्डै ७५ प्रतिशत मत गणना भएको छ, जसमा सिरिजा पार्टीले १४९ सिट जितको सम्भावना देखिएको छ । पूर्ण बहुमत हात पार्न सिरिजा पार्टीलाई थप दुई जित जित्नुपर्ने हुन्छ । अहिले मत गणना जारी रहेकाले यो संख्यामा तलमाथि हुन सक्ने बताइएको छ ।
निर्वाचन परिणामपछि युरो ११ वर्षमा सबैभन्दा कम १.१ डलरमा पुगेको छ ।
ग्रिसलाई दिइएको ऋणमा फेरि वार्ता गर्नु पर्ने माग गर्दै आएको वामपन्थी पार्टी सिरिजाका ४० वर्षीय नेता एलेक्सीस सीप्रेसले भनेका छन्-ग्रीसले इतिहास रचेको छ ।’
निवर्तमान प्रधानमन्त्री एन्तोनिस समारासले हार स्वीकार गरेका छन् । साथै सिरिजा पार्टीको जितमा एलेक्सीसलाई बधाइ दिएका छन् ।
३०० सदस्यीय संसदको चुनावका लागि आइतबार मतदान भएको थियो ।
प्रतिक्रिया 4