Comments Add Comment

२४ लाखको गाडी किन्दा ३२ लाखको उपहार, पार्वतीले जितिन इकोस्पोर्ट गाडी

Ford-Bumper-Upahar-programme

१४ माघ, काठमाडौं ।  फोर्ड मोटरले दशैं-तिहारको अवसर पारेर सञ्चालन गरेको ‘फोर्ड फेन्टाष्टिक अफर’मा पार्वती विश्वकर्माले इकोस्पोर्ट कार जितेकी छिन् ।

दशैंका अबसरमा संचालित अफरमा सहभागी हुँदै फिगो टाइटेनियम कार किनेकी पार्वतीले बिजेता बन्दै इकोस्पोर्ट कार जितेकी हुन् ।

साढे २४ लाखको कार किन्दा विश्वकर्माले ३१ लाख ९० हजार रुपैयाँ पर्ने इकोस्पोर्ट कार हात पारेकी हुन् । कम्पनीले बुधबार फोर्डको शो-रुम थापाथलीमा लक्की ड्र गरेर बिजेता छनौट गरेको थियो ।

सेप्टेम्बर अक्टोबर र नोभेम्बर महिनामा फोर्ड कार किन्नेहरु बम्पर उपहारमा सहभागी भएको गो फोर्डकी कृतिका पोखरेलले जानकारी दिइन । यस अवधिमा फोर्ड गाडी किन्नेहरुलाई कम्पनीले नगद छुटका साथै एससोरिजहरु प्रदान गरेको थियो ।Ford-Bumper-Upahar-programme-3Ford-Bumper-Upahar-programme-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment