१८ माघ, काठमाडौ । गरिवी निवारण कोषको कार्यकारी निर्देशक राजवावु श्रेष्ठलार्इ निलम्बन गर्न सिफारिस गरेको छ ।
कोषको रकम अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठलाई निलम्बन गर्न गरिवी निवारण कोषलार्इ भनेको हो ।
श्रेष्ठ कार्यकारी प्रमुख भएपश्चात कोषलाई नेपाल सरकारबाट विनियोजित बजेट तथा विदेशी दातृ निकायहरुबाट प्राप्त रकम अनियमितता गरेको अनुसन्धानबाट खुल्न आएको अख्तियारले जनाएको छ ।
पदमा नै बहाल भई अनुसन्धान गर्दा प्रमाण नष्ट गर्नसक्ने भन्दै श्रेष्ठलाई निलम्बन गरी आयोगलाई जानकारी दिन पत्र गरिवी निवारण कोष ताहाचललाई लेखी पठाईएको आयोगले जनाएको छ ।