Comments Add Comment

सरकारले बाँडेको मकैमा दाना लागेन, किसान चिन्तित

कपिल ज्ञवाली

१९ माघ, बुटवल । रुपन्देहीमा पहिलो पटक मकैको घोगामा दाना नलाग्ने समस्या देखा परेको छ । दाना नलागेपछि किसानहरु मर्कामा परेका छन् । मकैमा दाना नलागेपछि ब्यवसायिक रुपमा मकै खेती गर्ने किसानहरु चिन्तित छन् ।

makai

सरकारले नै सिफारिस गरेको अरुण-२ जातको हाइब्रिड मकैको बिउमा दाना नलागेपछि किसानहरु चिन्तित बनेका हुन् । धेरै उत्पादन हुने भन्दै सरकारले बाँडेको हाइब्रिड मकैमा दाना नलाग्नुका साथै मकै स्याहार्ने बेलासम्म पनि केही मकैको विरुवा नै नहुकिएको किसानहरु बताउँछन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ विष्णुपुरका किसानहरु मकै स्याहार्ने बेलासम्म पनि मकैमा दाना नलागेको भन्दै सरकारप्रति नै रुष्ट भएका छन् । सरकारले बाँडेको मकैमा दाना नै नपरी त्यसै खेर गएपछि उनीहरु सरकारसँग क्षतिपूर्तिको माग गर्न थालेका छन् ।

विष्णुपुरका षडानन्द आचार्य  र धर्मानन्द आचार्य २ भाइले आफ्नो खेतमा १०-१० कठ्ठामा व्यवसायिक रुपले गत कात्तिक ५ गते मकै छरेका थिए । ९० दिनमा पाक्ने मकै लगाए पनि रोपिएको मकैको बोट ३ महिना पुग्न लाग्दा समेत वृद्धि बिकास र फल नलागेपछि किसानको मेहनल र हजारौंको लगानी खेर गएको हो । चितवनको बिज बृद्धि कम्पनीले उत्पादन गरेको अरुण-२ जातको मकैको बीउ ती किसानले नेपाल एग्रोभेट बुटवलबाट प्रतिकेजी एक सय रुपैयांका दरले खरिद गरेको बताए  ।

उम्रने बेलामा एकदम राम्रोसंग उम्रेपनि बोट पनि  ३ फुट भन्दा अग्लो भएको छैन । ४६ बषिर्य किसान धर्मानन्द आचार्यले भने-‘चाहिएजति  मल र पानी मेहनत गरेको हो ,तर फल नै नलागेपछि हाम्रो लगानी माटोमा मिसीएको छ । अब हामी के गर्ने क्षतिपूर्ति दिलाइदिनुपर्यो, उनले गुनासो सुनाए ।

गतवर्ष सोही क्षेत्रफलमा लगाएको मकै १ हजार ५ सय घोगा बिक्रिबाट १ लाख ५० हजार आम्दानी गरेको धर्मानन्दले बताए । बजारमा एउटा मकैको घोगाको १० रुपैंयामा बिक्री हुने गर्दछ ।

अर्का किसान षडानन्द आचार्यले ७०-७५ दिनमा पोलेर खान मिल्ने र ९० दिनमा पाक्ने र तोरीबाट भन्दा  कैयौं गुणा बढी आम्दानी हुने भनेर मकै खेती लगाए पनि पाक्ने बेलामा बल्ल धान जुँगा फालेको सुनाए । मकै रोप्दा ७० हजार खर्च भएको र ३ लाखको आम्दानी हुने अपेक्षा गरेको उनले बताए ।

षडानन्दका छोरा शिव आचार्यले बिउ बिक्री गर्ने एग्रोभेटलाई कारबाही हुनुपर्ने बताउँछन् । उनले बिउको बारेमा गलत प्रचार गरेर किसानलाइ झुक्याउने काम भएको बताए ।

मकैको बीउ बेचेका एग्रोभेटका संचालक भरत नेपालले अरुण २ जातको बीउ बेचमा अन्यत्र त्यस्तो समस्या नआएको बताए । मकैखेती गरेका आधा दर्जन बढी कृषकले रोपेको मकैको घोगामा खोयामात्रै छ ।

कृषि प्राविधिकको सल्लाहबिना कृषकहरुले एग्रोभेट सञ्चालकको सल्लाहमा जुन बीउ पायो त्यही रोप्ने गरेकाले मकैको घोगामा दाना नलाग्ने समस्या देखापरेको कृषि कार्यालयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment