Comments Add Comment

हतियार सहित बिकाउ साह पक्राउ

गौतम श्रेष्ठ
१९ माघ, रौतहट । रौतहटको संग्राहपुर हतियारसहित एक व्यक्ति पक्राउ परेका छन् । सशस्त्र प्रहरीको गस्ति टोलीले आइतबार राति संग्रामपुर ४ सुन्दपुरबाट १२ बोरको बन्दुक सहित ५० वर्षका विकाउ साह कानुलाई पक्राउ गरेको हो ।

bikauसाहले फुसको गोठमा जुटको बोरा भित्र हतियार र गोलि लुकाएर राखेको अवश्थामा सशस्त्र प्रहरीले बरामद गरेको सशस्त्र प्रहरी उपरिक्षक बिदुर खडकाले बताए ।

पक्राउ परेका साहलाई आवश्यक अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय रौतहटको जिम्मा लगाइएको छ ।

हतियारको बिगबिगी

रौतहटमा अवैध हतियारधारीको संख्या निकै बढी छ । भारतीय सिमा नजिक भएका कारण हतियार सजिलै खरीद विक्री हुने भएकोले यस्ता अवैध हतियारहरु गाँउघरमा प्रशस्त छन ।

विगत वर्षहरुमा पटक पटक गृह मन्त्रालयले अवैध हतियार बुझाउन सूचना जारी गरे पनि रौतहटमा कसैले अवैध हतियार बुझाएका छैनन । जिल्ला प्रशासन रौतहटको तथ्याङ्क अनुसार रौतहटमा चार सय १७ थान इजाजत पत्र प्राप्त हतियार विभिन्न व्यक्तिहरुसँग रहेको छ ।

जसमा १२ बोरको बन्दुक ३८७ थान, २२ बोरको बन्दुक २४ थान र ६ वटा भरुवा बन्दुको मात्र जिल्ला प्रशासनले ईजाजत दिएको छ । तर प्रशासनको यो तथ्याङ्क बाहेक रौतहटमा साना पेस्तोल, स्वचालित हतियारका साथै ठूलो मात्रामा घरेलु बन्दुकहरु रहेको श्रोतको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment