Comments Add Comment

छुरी हानाहानमा एकको मृत्यु, एक घाइते

१९ माघ, पर्सा । दुई पक्षबीच छुरा हानाहान हुँदा गम्भीर घाइते भएका बाराको खुटवा प्रसौनी गाविस–२ का ५० वर्षीय दीनानाथ साह तेलीको मृत्यु भएको छ ।

अाइतबार राति दीनानाथ र विनोद साह तेलीबीच भएको झगडामा विनोदले प्रहार गरेको छुराबाट दीनानाथ गम्भीर घाइते भएका थिए । गम्भीर अवस्थामा रहेका तेलीलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा ल्याइएकामा उपचारकै क्रममा मृत्यु भएको अस्पतालको आकस्मिक कक्षले जनाएको छ ।

उनको छाती, कञ्चट र ढाडमा गहिरो चोट लागेको थियो । छुरा प्रहारबाट विनोद पनि घाइते भएका छन् । उनको दाहिने हातमा गहिरो घाउ लागेको छ । विनोदको पनि सोही अस्पतालमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।

दीनानाथ र विनोद दुईजनाबीच पहिलेदेखि नै जग्गाको विषयमा विवाद रहेको र त्यही निहुँमा विनोदले छुरा प्रहार गरेको मृतक दीनानाथका छोरा सन्तोषकुमारले आरोप लगाए ।यसअघि गत होली पर्वको दिन पनि दुवै जनाबीच झगडा भएको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment