Comments Add Comment

एमबीबीएस पढ्न बिदेसिने दोब्बर

२० माघ, काठमाडौं । मुलुकमा डेढ दर्जन मेडिकल कलेज सञ्चालनमा भए पनि यो वर्ष एमबीबीएस पढ्न विदेश जाने विद्यार्थी दोब्बरले बढेका छन् । उपत्यकाबाहिरका मेडिकल कलेजले कोटाअनुसार विद्यार्थीसमेत पाउन नसकिरहेका बेला विद्यार्थीको रुची भने विदेश अध्ययनमा देखिएको हो ।

नेपाल मेडिकल काउन्सिलका अनुसार यो वर्षमात्र हजारभन्दा बढी विद्यार्थीले विदेशका मेडिकल कलेजमा अध्ययनका लागि जान अनुमतिपत्र (एलिजीबिटी लेटर) लिएको कारोबारमा खबर छ । यो संख्या गत वर्षको तुलनामा करिब दोब्बर हो । काउन्सिलका नवनियुक्त अध्यक्ष डा. जागेश्वर गौतमका अनुसार आन्तरिक समस्याका कारण यो वर्ष मेडिकल शिक्षा अध्इयनका लागि विदेश जाने बढेका हुन् । ‘विद्यार्थी विदेश पठाएर कमिसन खान पल्केका दलाल हावी भए,’ उनले भने, ‘यहाँ राम्रा कलेज हुँदाहुँदै पनि विदेश पढ्न जानु बिडम्बना हो ।’
एमबीबीएस तयारी कक्षा सञ्चालकका अनुसार नेपालबाट विद्यार्थी विदेश जानु यहाँको महँगो शुल्क, मापदण्ड अनुसारको स्तर नहुनु र कलेज सञ्चालनमा उत्पन्न हुने विवाद नै प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment