+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

छ महिनामा नविल बैंकले कमायो १ अर्ब ११ करोड

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २१ गते ११:५३

Nabil-Bank-२१ माघ काठमाडौं । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा नविल बैंकले १ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले बुधबार प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार गत वर्षको पुसको तुलनामा यो वर्षको पुसमा २ करोड रुपैयाँ बढी खुद व्याज आम्दानी र ४ करोड रुपैयाँ अन्य आम्दानी नै नाफा वृद्विको मुख्य स्रोत हो ।

राष्ट्र बैंकले निक्षेपमा दिने र कर्जामा लिनेबीचको व्याज अन्तर (स्प्रेड दर) पाँच प्रतिश राख्न निर्देशन दिएपछि बैंकको खुद व्याज आम्दानीमा असर परेको छ । २०७० पुसमा १ अर्ब ८० करोड १८ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकले ०७१ पुसमा १ अर्ब ८२ करोड २८ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत वर्षको पुसमा ८ प्रतिशत स्प्रेडदर यो पुसमा ४.४९ प्रतिशतमा झरेको छ ।

ग्त वर्षको पुसमा संभावित जोखिम वयवस्थाका लागि छुट्याइएको २४ करोड ४६ लाख रुपैयाँ फिर्ता -राइटव्याक) गरेको बैंकले यो पुसमा ३ लाख रुपैयाँ मात्रै राइटव्याक गरेको छ ।

बैंकको बैदेशिक मुद्राको कारोबारबाट हुने आम्दानी पनि घटेको छ । बैदेशिक मुद्राको कारोबारबाट गत वर्षको पुसमा २६ करोड ७६ लाख रुपैयाँ कमाएको बैंकले यो पुसमा २२ करोड ५४ लाख रुपैयाँ मात्रै कमाएको छ ।

फि, कमिसनबाट हुने बैंकको आम्दानी पनि गत वर्षको तुलनामा घटेको छ । यस्तो कारोबारबाट ०७० पुसमा २६ करोड ४४ लाख रुपैयाँ कमाएको बैंकले ०७१ पुसमा २५ करोड ५४ लाख रुपैयाँ मात्रै कमाएको छ ।

गत वर्षको तुलनामा यो वर्षको पुसमा बैंकको प्रतिसेयर आम्दानी पनि ९ रुपैयाँले घटेको छ । गत पुसमा प्रतिसेयर वाषिर्क आम्दानी ६९ रुपैयाँ रहेकोमा यो पुसमा ६० रुपैयाँ रहेको छ । त्यस्तै, मुल्य आम्दानी अनुपात पनि ३२ रुपैयाँबाट घटेर ३० रुपैयाँमा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ पनि २ सय ५४ रुपैयाँबाट झरेर २ सय ३९ रुपैयाँमा ओर्लिएको छ ।

यस अवधिमा बैंकको खराब कर्जामा केही सुधार आएको छ । गत वर्षको पुसमा ३.०५ प्रतिशत रहेको खराब कर्जा यो पुसमा २.१० प्रतिशतमा झरेको छ ।

एक वर्षको अवधिमा बैंकको निक्षेप १९ अर्ब रुपैयाँले बढेको छ भने कर्जा १३ अर्ब रुपैयाँले बढेको छ । २०७० पुस मसान्तमा ६९ अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब ३९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले ०७१ पुस मसान्तमा ८८ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन गरी ६४ अर्ब ६९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको चुक्ता पुँजी ३ अर्ब ६५ करोड रुपैयाँ छ भने सञ्चित कोष ५ अर्ब ९ करोड रुपैयाँ छ ।

बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ६४ प्रतिशत प्रतिफल दिएको थियो । यो हाल सञ्चालनमा रहेको बैंकहरुमध्ये सबैभन्दा बढी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?