Comments Add Comment

किन बहिस्कार गरिन् कंगनाले अवार्ड ?

Kangana

मुम्बई । अभिनेत्री कंगना राणावत फिल्मफेयर अवार्डमा उपस्थित नभएपछि भारती मिडियाले धेरै खाले टिप्पणी गरे । उनले भ्याईनन्, ब्यस्त थिईन्, सञ्चो थिएन यस्तै यस्तै ।

अन्ततः चलचित्र ‘क्वीन’वाट सर्वोत्कृष्ट नायिकाको अवार्ड पाएकी कंगनाले फिल्मफेयर अवार्ड बहिस्कार गरेको खलासा भएको छ ।

कंगना भारतमा दिईने कुनै पनि फिल्मी अवार्डप्रति सन्तुष्ट छैनन् । त्यसो त उनलाई अमिर खानले पनि यस्ता अवार्डको पछि नलाग्न आग्रह गरेका थिए ।

आमिर फिल्मफेयर अवार्ड बहिस्कार गर्ने एक मात्रै यस्ता कलाकार हुन् जसले आजसम्म फिल्मफेयर अवार्ड लिएका छैनन् ।

‘क्वीन’ हेरेपछि आमिरले कंगनालाई बलिउडकै सेक्सी हिरोइन भनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment