Comments Add Comment

४२ बर्षमा लागिन् करिश्मा मानन्धर

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर बुधवारदेखि ४२ वर्ष प्रवेश गरेकी छिन् । जन्म उत्सवलाई सामान्य रुपमा मनाएकी करिश्माले यो वर्ष राम्रो फिल्म बनाएर ४२ औं वर्षलाई सार्थक बनाउने योजना बनाइरहेकी छिन् ।

बिसं ०४२ सालमा स्वर्गीय प्रकाश थापा निर्देशित ‘सन्तान’वाट अभिनयमा प्रवेश गरेकी करिष्माले ट्रक ड्राईभर, भाउजु, बसन्ती, पन्क्षी लगायत एकसय बढी फिल्ममा काम गरेकी छिन् ।

अभिनयमा उनी सफल अभिनेत्री हुन् भने उनको सौन्दर्यको छुट्टै अर्थ छ नेपाली फिल्म उद्योगमा । अहिले पनि उनको अगाडि अन्य हिरोईनको सौन्दर्य फिक्का लाग्छ ।karishma-new

दयाराम दाहालको निर्देशनमा ‘ढुकढुकी’ बनाएर निर्माणमा प्रवेश गरेकी करिष्माले ढुकढुकीवाट राम्रै सफलता पाए पनि अर्को फिल्म ‘बाबुसाहेब’वाट ब्यबसायिका असफलता भोग्नु परेको थियो ।

फिल्मको असफलतापछि अमेरिका गएकी करिष्मा ६ वर्षपछि फर्किएकी थिईन् । नेपालमै बस्ने योजना बनाएकी उनले नयाँ फिल्म ‘फागु’ ब्यबसायिक रुपमा सफल बनाउने बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment