Comments Add Comment

शशिला मोटरको कारोबार सुरू, काठमाण्डौ र भक्तपुरमा टाटाको आधिकारिक बिक्रेता

Sahila२३ माघ काठमाडौं । नेपालमा ब्यबसायिक सवारीसाधनमा नम्बर एक स्थानमा रहेको टाटा मोटर्सले काठमाण्डौ र भक्तपुरका लागि बेग्लै आधिकारिक बिक्रेता नियुक्त गरेको छ ।

टाटाका ब्यबसायिक सवारीसाधनको बिक्रि वितरण गर्नेगरी शाशिला मोटर्स प्रालिले आफ्नो कारोबार सुरु गरिसकेको छ । सितापाइला रिङरोडमा स्थापित शाशिला मोटरले औपचारिक उद्घाटन अघि नै शशिलाले बजारमा राम्रो उपस्थीति देखाइसकेको छ ।

‘हामीले अहिलेसम्म ६५ वटा गाडी बेचिसक्यौं’ शाशिलाका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले भने- ‘औपचारिक उदघाटन भने फागुनको पहिलो साता हुनेछ ।’

Shontosh khatiwaयसअघि नेपालका लागि टाटा मोटरको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नै काठमाण्डौ र भक्तपुरमा ब्यबसायिक सवारीसाधनहरु बिक्री बितरण गर्दै आएकोमा अबदेखि शशिलाले मात्र खुद्रा बिक्री गर्नेछ । शशिला मोटरले सिप्रदी ट्रेडिङको आधिकारिक डिलरका रुपमा काम गर्नेछ ।

एक वर्षमा ८ सय वटा गाडी बिक्री गर्ने लक्ष्य रहेको खतिवडाले सुनाए । यसअघि यस क्षेत्रमा सिप्रदिले वाषिर्क ४ सय वटा गाडी बेच्दै आएको थियो । वाषिर्क १ अर्ब ६० करोड रुपैयाा बराबरको कारोबार गर्ने लक्ष्य रहेको उनले बताए ।

शशिलाले टाटाका चार सेगमेन्टका पिकअप, माएक्रो बस, एस पिकअप साना ट्रक तथा ट्रिपर गरी ५० फरक उत्पादन बिक्री गर्ने खतिवडाले बताए । आफ्नो कम्पनीलाई बजार विस्तार कठिन नहुने उनले बताए । ‘टाटाका गाडीहरु टिकाउ र बलिया छन । रिसेल भ्यालू छ ।’ उनले भने- ‘त्यसैले बजार प्रतिस्पर्धाभन्दा हामी धेरै अगाडी छौं ।’

Sasila2सन् १९९८ देखि अटोमोवाइल क्षेत्रमा काम गरिरहेका खतिवडाले साढे ११ वर्ष सिप्रदीमा काम गरे । शाशिला मोटर स्थापना गर्नुअघि खतिवडाले लामो समय सिप्रदीको ब्यबसायिक सवारी युनिटको प्रमुखका रुपमा काम गरेका थिए ।

‘लामो समयसम्म आफैंले काम गरेको कम्पनीका मोटर बेच्न थालेकाले सवैजसो बिषय मेरो जानकारी छ’ खतिवडाले भने- शशिला मोटरले आफ्नो क्षेत्रभित्र टाटा मोटरको बजार हिस्सा बढाउन केन्द्रीत हुने छ ।’

Tata1

Tata4Tata8

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment