+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

टाटाको जेस्ट गाडी नेपाल भित्रियो, के के छन विषेशता ?

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २३ गते १९:०६

DCIM100GOPROG0033734.२३ माघ काठमाडौं । नेपालका लागि टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटाको नयाँ सेडान जेस्ट गाडी नेपाल भित्र्याएको छ । सिप्रदीले शुक्रबार बर्षकै उत्कृष्ट कम्प्याक्ट सेडान कारको उपाधि जित्न सफल टाटा मोटरको उत्पादन ‘जेष्ट’ कार काठमाण्डौमा सार्वजनिक गरेको छ ।

नेपाली बजारमा टाटा जेस्टको पेट्रोल रेभोट्रोनको सुरुवाती मुल्य २४ लाख ९५ हजार रुपैयाँ र डिजेल संस्करणको सुरुवाती मुल्य ३० लाख ७५ हजार रुपैयाँ रहेको सिप्रदीले जनाएको छ । कम्पनीका अनुसार जेस्टको यो सेगमेन्टमा २९ विषेशता छन भने पेट्रोलमा ३ र डिजेलमा ४ प्रकारका गाडीहरु छ रंगमा उपलब्ध छन ।

यो पनि पढ्नुहोस-आइपुग्यो उत्कृष्ट जेष्ट कार (फोटोफिचर)

उक्त नयाँ गाडी गतिशिल, आरामदायी र स्टाइलिस्ट रहेको कम्पनीको दाबी छ । उच्च क्षमताको टर्बोरेभोट्रोन १.२ टिको उच्च गति प्रतिघन्टा १ सय ५४ किलोमिटर र १७.६ किलोमिटर माइलेज दिन्छ । त्यस्तै, डिजेल १.३ लि क्वाड्राजेटले प्रतिघन्टा १ सय ५८ कलिोमिटर गति र प्रतिलिटर २३ किलोमिटर माइलेज दिन्छ ।

‘नेपाल हाम्रा लागि प्रमुख बजार हो र आफ्ना ग्राहकहरुका लागि श्रेणीमै अग्रणी उत्पादनहरु ल्याउन हामी सँधै प्रयासशील छौं ।’ टाटा मोटर्सका अन्तराष्ट्रिय बिजनेसका प्रमुख जोनी ओम्नेले भने- ‘विश्वव्यापी ग्राहकहरुका लागि भारत, बेलायत, इटाली र कोरियाको टिमद्धारा इञ्जिन, सस्पेन्सल, ब्रेकिङ एनभिएच वा पि्रमियम सामाग्रीहरुमा उत्कृष्ट प्रदर्शनका लागि परिस्कृत यो गतीशील टाटा जेस्ट नेपालमा ल्याउँदा हामी हर्सित छौं ।’

अब नेपाली ग्राहकहरुले पनि धेरै विषेशता भएका तथा धेरै माइलेज दिने उत्कृष्ट कारको मजा लिन सक्ने सिप्रदीका अध्यक्ष सिद्धार्थ राणाले बताए । यो गाडीले चालकलाई उत्साहित गर्ने उनले जानकारी दिए ।

‘तीब्र उत्पादन केन्दि्रत, विश्वस्तरीय उत्पादन गुणस्तर, उत्कृष्ट खरिद, अनुभव र गुणस्तरीय सेवालाई पूरा गर्छ’ राणाले भने । गाडीमा आवाजरहित इञ्जिन हरेको उनले जानकारी दिए । टाटाका हरेक गाडीहरुमा ४ वर्ष अर्थात ७५ हजार किलोमिटरमध्ये जुन पहिला आउँछ, सोसम्म वारेन्टी रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?